logo
मंगलबार, कार्तिक ११ २०८३

सशस्त्र प्रहरीद्वारा ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद


  • कुइनेटो न्युज
  • आइतबार, भाद्र ७ २०८३

कमल । सशस्त्र प्रहरी बल नेपालले आज चेकजाँच तथा गस्तीका क्रममा करिब ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नेपाल नं ३८ रिजर्व गण बाट सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको टोलिले विशेष सूचनाका आधारमा पुर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अवैध सामान बरामद गरेको हो ।

police
वरामद गरिएका सामानमा लत्ताकपडा रहेकोले सो सामान मेचि भन्सार कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक दिनेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
पछिल्लो समय सीमा क्षेत्रमा बाट चाडपर्वलाई लक्षित गरेर अवैध सामान ओसारपसार, चोरी तस्करी तथा गैरकानुनी गतिविधिहुने भएकोले त्यसलाई न्युनिकरण नियन्त्रणका लागि निगरानी र गस्तीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend