चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित आइतबारे बजारमा चाडपर्व लक्षित मिनिमेला सञ्चालनमा आएको छ
आईतवारे बजार ब्यवस्थापन समितीको आयोजनामा सञ्चालनमा रहेको मिनिमेला कार्तिक २ गते देखि सात दिन सम्म सन्चालन हुने मेलाको चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उदघाटन गर्नु भएको हाे ।
मेला उद्बोघाट पछि बाेल्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले बजार लाई बजार जस्तो बनाउनका लागी बजार भित्रकै मानिस हरु सकृय र जिम्मेवार रहनु पर्ने बताउनु भयो ।

बजार लाई सबैको साझा र सुन्दर बनाउन सबै लागी पर्नुपर्नेमा समेत वहाँ को जोड हहेकाे छ । स्थानिय सरकारले गरेन भनेर कराउने मात्रै हैन बजार लाई कस्तो बनाउनु र के गर्ने सन्दर्भामा सम्बन्धित निकाय सँग छलफल र परामर्ष समेत गर्नुपर्ने अध्यक्ष केरूङले बताउनु भयो ।
आइतबारे बजार ब्यवस्थापन समितीका अध्यक्ष बिशाल साम्वाको सभाध्यक्षतामा सन्चालित उक्त मेलामा गाउँ पालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिल कुमारी लिम्बु योङहाङ २ नम्बर वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, ३ नम्बर वडाध्यक्ष प्रेम श्रेष्ठ, ४ का सागर जबेगु लगायत वडा सडस्यहरु,स्थानिय राजनितिक दलका प्रतीनिधीहरु लगायतका महानुभाब हरुको उपस्थिती रहेको थियो ।
३५/३६ वर्षे पुरानो इतिहास बोकेको आइतबारे बजारलाई अझ थप ब्यवस्थित र सुन्दर बनाउनका लागी यो मेला आयोजना गरिएको मेला आयाेजक समितिले जनाएको छ ।

मेला उदघाटनको औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमकि विशिष्ठ अतिथी गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु योङहाङ्गले भन्नु भयो आइतबारे बजार ब्यवस्थापान समितीले बजारको आयाअर्जन बृद्धीका लागी मेला सन्चालन गर्न गत वर्ष नै अनुमती का लागी प्रकृया अघाडी बढाएता पनि बिभिन्न कारणले अनुमती प्राप्त नगरेकाले यस वर्ष मेला सन्चालन कालागि अनुमती प्राप्त भएको बताउनु भयो ।