झापा/ शनिबार झापाको कमल २ स्थित नेकपा एमालेको पार्टी कार्यालय ४ दशक भन्दा पुराना प्रगतीशिल गीतहरुले गुञ्जयमान भयो ।
कार्यक्रममा अतिथीहरुले पञ्चायतकालिन अवस्थामा समाज रुपान्तरणमा जनतालाई उत्पे्ररीत गर्ने विभिन्न गीतहरु गाए । यस्तै सोहि समयमा गीतहरुमा नाचगान पनि भयो । एमाले गाउँ कमिटीले दशै, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा सांस्कृतिक कार्यक्रममा नेताहरुले आफ्नो भुमिगत कालिन संघर्षका बेला गाएका गीतहरु नयाँ पुस्तालाई सुनाएका थिए ।

एमाले केन्द्रिय कमिटि सदस्य मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी पोखरेल सहित अतिथी नेताहरु बलराम गजुरेल, बेनुप्रसाद शिवाकोटी, ममता गुरुङ् लगायतले पुराना प्रगतिशिल गीतहरु गाएका थिए । प्रमुख अतिथी काफ्लेले ४ दशक भन्दा अघि नेता प्रदिप नेपालले गाउने गर्नु भएको स्मरण सुनाउँदै कार्यकर्ता विदाई तथा कार्यक्षेत्र सरुवा हुने समयमा गाईने गरेको गीत सुनाउनु भयो ।
त्यस्तै मन्तव्यका क्रममा नेताहरुले गत निर्वाचनमा एमालेले अपेक्षित नतिजा नल्याए पनि अहिले जनताले एमालेलाईनै खोजि रहेको बताएका थिए । प्रमुख अतिथी काफ्लेले मिशन जागरण अभियानलाई सशक्त बनाई जनताका घर घरमा पुग्ने कार्य एमालेले गरि रहेको बताउनु भयो ।

कार्यक्रम एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालको अध्यक्षतामा भएको थियो । चाडपर्वको समयमा राजनीति सँगै सांस्कृतिक चेतना नयाँ पुस्तामा पुर्याउने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको एमाले गाउँ कमिटी सचिव वीरेन्द्र अधिकारीले बताउनु भएको छ ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष शिव ढुंगेल, एमाले प्रदेश लेखा आयोग सदस्य प्रमिला न्यौपाने तिवारी, नेताहरु भिम केरुङ्, मणि भण्डारी, चन्द्रकला भण्डारी, छविलाल गुरागाँई, चक्र गुरुङ्, भिम राई लगायतको आतिथ्यता रहेको थियो ।