कमल । झापाको दमकमा ‘दमक फायर एण्ड सेफ्टी सोलुसन’ सञ्चालनमा आएको छ ।
आगलागी तथा सुरक्षा व्यवस्थापनसँग सम्बन्धित सामग्री उपलब्ध गराउने उद्देश्यले ‘दमक फायर एण्ड सेफ्टी सोलुसन’ सञ्चालनमा आएको छ । दमक ५ आज औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
पसल शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा अग्नि सुरक्षा तथा विपद् न्यूनीकरणका लागि आवश्यक उपकरणको प्रयोग, सुरक्षा सचेतना र आगलागीबाट हुने क्षति कम गर्ने उपायबारे समेत चर्चा गरिएको थियो ।
तपाईंको सुरक्षा, हाम्रो प्राथमिकता भन्ने नारासहित सञ्चालनमा आएको उक्त पसलमा विभिन्न प्रकारका फायर एक्स्टिङ्गुइसर (अग्निनियन्त्रक), आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरण तथा सुरक्षा सामग्री उपलब्ध हुने सन्चालक नवीन परियारले जानकारी दिनु भयाे।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय घर, कार्यालय, उद्योग, व्यवसाय तथा सार्वजनिक स्थानमा आगलागीको जोखिम बढिरहेकाले पूर्वतयारी र सुरक्षा सामग्रीको उपलब्धता आवश्यक रहेको बताएका थिए ।
आगलागी भइसकेपछि नियन्त्रण गर्नुभन्दा जोखिम पहिचान गरी आवश्यक उपकरण र सुरक्षा ज्ञानसहित तयारी अवस्थामा रहनु महत्वपूर्ण हुने दमक ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरूङले बताउनु भयाे ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गाेपाल गुरागाँई ,कम्पनी प्रतिनिधि सुवर्ण महर्जन लगायतले दमकमा फायर तथा सेफ्टीसम्बन्धी सामग्रीको व्यवस्थित सेवा सुरु भएपछि स्थानीय व्यवसायी, संघसंस्था, कार्यालय तथा सर्वसाधारणलाई आवश्यक सुरक्षा उपकरण खरिद तथा सुरक्षा व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको बताउनु भयाे ।
पसलले अग्नि सुरक्षा सामग्रीको बिक्रीसँगै सुरक्षा सचेतना र आवश्यक प्राविधिक सेवामा समेत जोड दिने उद्देश्य राखेको जनाएको छ । उद्घाटनका अवसरमा विशेष छुटको व्यवस्था भएको सन्चालक परियारले बताउनु भयाे ।