logo
सोमबार, कार्तिक १० २०८३

उद्यमशील महिला जागरण केन्द्रको आठौं सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, असोज ११ २०८३

कमल । उद्यमशील महिला जागरण केन्द्रको आठौँ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा आज सम्पन्न सभाले आफ्नो वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजना माथि छलफल गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाकी अध्यक्ष शान्ता उप्रेती दाहालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाले स्थापना कालदेखि महिला सशक्तीकरण, उद्यमशीलता विकास, आयआर्जन तथा महिलाको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम तथा गतिविधिबारे जानकारी गराइएको थियो ।


अध्यक्ष दाहालले महिलालाई आत्मनिर्भर बनाउँदै परिवार तथा समाजको आर्थिक विकासमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउन संस्थाले आगामी दिनमा पनि विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । उहाँले महिलाको क्षमता विकाससँगै उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण, सीप विकास तथा उद्यम सञ्चालनका लागि आवश्यक सहयोग र सहजीकरणमा संस्थाले जोड दिँदै आएको उल्लेख बताउनु भयो ।

साधारण सभाकी प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि स्थानीयस्तरमा सञ्चालित संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिलालाई सीप र अवसरसँग जोड्न सके उनीहरू परिवारको आयआर्जनमा योगदान पु¥याउनुका साथै स्थानीय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण साझेदार बन्न सक्ने धारणा राख्नुभयो।


उपाध्यक्ष तिवारीले महिला लक्षित कार्यक्रम सञ्चालन गर्दा वास्तविक आवश्यकता पहिचान गरी त्यसको प्रतिफल देखिने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले महिला उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालन गर्ने कार्यक्रमसँग सम्बन्धित संस्थाहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा महिला उद्यमशीलता प्रवद्र्धनका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले महिलालाई उद्यममा जोड्न आवश्यक पर्ने सीप, पूँजी, प्रविधि तथा बजारको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो

साधारण सभाको अवसर पारेर सस्थाले दुईजना जेष्ठ महिला सदस्य लाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा मादी नगरपालीकबा ५ संखुवासभा निवासी ९१ वर्षिय फाल्गु कुमारी दाहाल र कमल गाउँपालिका ३ झापा की ९० वर्षिय बिष्णुमाया गुरागाईलाई दोसल्ला तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।


कार्यक्रममा कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, प्रहरी चौकी केर्खाका ईन्चार्ज प्रहरी नायव निरिक्षक टिका पराजुली,संस्थाका पदाधिकारी, सदस्य, महिला उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले महिलाको आर्थिक आत्मनिर्भरता बढाउन संस्थाले सञ्चालन गर्दै आएका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई संस्थाकी उपाध्यक्ष लता भट्टराईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सचिव यसोदा पौडेलले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend