कमल । झापा जिल्लाको कमल गाउँपालिका वडा नं २ मा टोल बिकास समितिको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कमल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा टोल बिकास समितिको क्षमता अभिवृद्धि तथा न्यायिक अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको थियो।
कमल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक न्यौपानेले टोल बिकास सस्था विकासका लागि टोल बासीको अभिभावकीय भूमिकामा रहेका घर आँगनका स्थानीय तह हुन। टोल बिकास संस्थाले योजना छनौट र तर्जुमा गरी कार्यान्वयन समेत गरेमा विकास निर्माणमा सुशासन र पारदर्शीता कायम हुन्छ।
अतः टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धिको तालिम दिएको र टोल विकास संस्था मार्फत विकास निर्माणको काम हुने अपेक्षा गरिएको भनी बताउनुभयो। उहाले न्याय प्राप्तीलाई सहज, सरल, छिटोछरितो एवं कम खर्चिलो बनाउन पालिकामा न्यायिक समिति रहेको छ, टोलमा नमिलेका सानातिना विवाद भए न्यायिक समितिमा दर्ता गर्न सकिने छ भनी बताउनुभयो ।

यस तालिम कार्यक्रमको सहजीकरण बार एसोसिएसन झापाकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेत एवं झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।
कमल गा.पा. का २ नं वडाका टोल बिकास समिति, मेलमिलाप कर्ता लगायत ५० भन्दा बढी सहभागीको उपस्थिति रहेको तालिम कार्यक्रममा टोल बिकास संस्थाको काम, कर्तव्य र अधिकार, बस्ती स्तरका योजना छनौट, योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया एवं न्यायिक समितिका अधिकार लगायतका बिषयमा प्रशिक्षण दिइएको र आगामी दिनमा समेत पालिकाका अन्य वडामा समेत कार्यक्रम गर्ने योजना रहेको छ भनी उजुरी प्रशासक एलिसा श्रेष्ठले जानकारी दिनुभयो।
गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कमल गा.पा. को न्यायिक समितिका सदस्य बाल कुमारी प्रसाई समेतको उपस्थिति रहेको थियो ।