कमल । शैक्षिक गुणस्तर परिक्षा केन्द्र (ई.आर.ओ.) ले कार्यसम्पादन परिक्षण गरी देशभरका चार हजारभन्दा बढी विध्यालयको श्रेणीकरण गरेको छ ।
श्रेणीकरण गरिएका विध्यालयहरु मध्ये कास्किको बाटुलेचौर स्थित विध्यावासिनी विध्यालयले ९४दशमलव ५९ प्रतिशत अङ्क प्राप्तगरी देशभर बाट प्रथम श्रेणीमा परेको छ भने सबै भन्दा कम १८ दशमलव ७८ प्रतिशत अङ्क विराटनगर स्थित बालसुधार गृहले प्राप्त गरेको छ ।
झापा जिल्लाको कुरा गर्ने हो भने मेचिनगर स्थित आदर्श माध्यमिक विध्यालयले ८४ दशमलव १३ प्रतिशत अङ्क प्राप्तगरी जिल्ला प्रथम भएको छ । त्यसैगरी दमक स्थित हिमालय माध्यमिक विध्यालयले ८१ दशमलव २३ प्रतिशत अङ्क प्राप्तगरी जिल्लामा दोश्रो भएको छ ।
कार्यसम्पादन परिक्षणको आधारमा शैक्षिक गुणस्तर परिक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार झापको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विध्यालय ७८ दशमलव ७२ अंक प्राप्त गरि गाउँपालिको प्रथम र झापा जिल्लाको तेस्रो गुणस्तरिय विद्यालय विध्यालयका सुचना अधिकारी मधुसुधन अधिकारीले जानकारी दिनु भयो ।े शैक्षिक गुणस्तर परिक्षण केन्द्रले सार्वजनिक गरेका नतिजामा उल्लेख गरिएछ ।
त्यस्तै वडा नम्वर २ स्थित ज्योति माध्यमिक विध्यालयले ७७ दशमलव ६३ अंक प्राप्त गरि झापा जिल्लामा अन्तर्गत चौथो र गाउँपालिको दोश्रो गुणस्तरिय विद्यालय भएको विध्यालयका सहायक नारायण बस्नेतले जानकारी दिनुभयो ।
पुरा विवरण हेर्नुहोला
662930084_1087388206_printed_pa-capsule_website-version-4_watermark-1-15-183