logo
मंगलबार, कार्तिक ११ २०८३

अनलाईन बहसले मुद्बामा सरल र कम खर्चिलो बनाउँछः- प्रमुख न्यायाधीश न्यौपाने


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन ८ २०८३

झापा/ उच्च अदालत विराटनगर इलाम इजलासका माननीय न्यायाधीशहरुको सरुवा भएकोले बार इकाई थापाले आयोजना गरेको बिदाई तथा फेरि भेटौला कार्यक्रममा बोल्दै उच्च अदालत विराटनगर इलाम इजलासका माननीय मुख्य न्यायाधीश बिपुल न्यौपानेले भने- इलाम इजलासमा झापाका मुद्दा धेरै छन, झापाबाट इलाम इजलासमा अनलाइन बहस सुरु भएको छ।

अनलाइन बहसले कानुन व्यावसायी र पक्षको समय र खर्च जोगिएको र पेशी स्थगित कम हुने भएकोले अनलाइन बहसले इलाम इजलासको मुद्दा फर्छौटको लक्ष्यलाई सहयोग पुगेको बताएका छन।

बिदाई कार्यक्रमको अध्यक्षता झापा बारका उपाध्यक्ष अधिवक्ता चित्र बहादुर मगरले र संचालन सचिव अधिवक्ता दिपेन्द्र भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।

उनका अनुसार न्याय परिषदबाट इलाम इजलासका प्रमुख न्यायाधीश विपुल न्यौपानेको उच्च अदालत तुलसीपुर बुटवल इजलास, न्यायाधीश किरणकुमार पोखरेलको उच्च अदालत पाटन, हेटौडा इजलास, न्यायाधीश रेखा थापा पाण्डेको उच्च अदालत जनकपुर बिरगंज इजलास र कालीबहादुर राईको उच्च अदालत जनकपुर राजविराज इजलासमा सरूवा भएको थियो भने इलाम इजलासमा न्यायाधीश नातिबाबु लामिछाने, सागर बिष्ट र श्याम कुमार बिश्वकर्मालाई पठाएको छ भनी जानकारी दिईन।

झापाली कानून व्यवसायीहरूको संस्था झापा बार एसोसिएसनले सेवा अवुरी पूरा गरेका न्यायाधीशहरूलाई सम्मानका साथ विदाई गर्ने परम्परा चलाएको छ। यस्ता कार्यक्रमहरूमा बेञ्च (न्यायाधीश) र बार (कानून व्यवसायी) बीचको अन्योन्याश्रित सम्बन्ध, न्यायपालिकाको सुदृढीकरण र पेशागत मर्यादाको अपेक्षा गरिन्छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend