logo
शुक्रबार, साउन २९ २०८३

लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन


  • उमानाथ भण्डारी
  • शुक्रबार, साउन २९ २०८३

कमल । झापाको कमल गाउँपालिका ६ सोनापुर स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

वाडा अध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता र गाउँपालिका उपध्याक्ष प्रमिला न्याैपाने तिवारी , प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक दाहालकाे विशेष आतिथ्यतामा भवनकाे उद्घाटन गरिएको थियाे ।


कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक स्वयंसेबिकाहरु, राजनीति दलका प्रतिनिधिहरु, स्वस्थ्यकर्मीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई अभिनन्दन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।

 

स्थानीय दाताहरूले नि:शुल्क उपलब्ध गराउनु भएको ७ कठ्ठा जमिनमा २ करोड भन्दा बढी रूपैयाँकाे लगानीमा नव निर्मित स्वास्थ्य चाैकी भवनकाे निर्माण सप्पन्न भएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend