logo
शुक्रबार, साउन २९ २०८३

ढकबहादुर मगरको उपचारमा मगर संघको सहयोग

मृगौला रोगसँगको संघर्ष र मानवताको हात


  • उमानाथ भण्डारी
  • बुधबार, साउन २७ २०८३

कमल । कमल गाउँपालिका–३ केराधाप खानेपानी टोल निवासी ढकबहादुर मगर विगत केही वर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनु भएको छ ।
२०७८ सालदेखि वहाँका दुवै मृगौला फेल भएपछि वहाँको जीवन नै उपचार र संघर्षमा सीमित बनेको छ।

नियमित डायलासिस, औषधोपचार तथा अन्य स्वास्थ्य सेवाका लागि ठूलो आर्थिक भार आवश्यक पर्ने भएकाले वडाँको परिवार अहिले आर्थिक संकटको कठिन घेरामा परेको छ।

ढकबहादुरको उपचारमा थोरै भएपनी सहयोग पुर्याउन सकियोस भनेर नेपाल मगर संघ कमल गाउँपालिकाले मगरको उपचारका लागि १ लाख ५६ हजार ५सय ७० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। संघले संकलन गरेको उक्त रकम आज एक कार्यक्रमका बीच मगर संघका कमल अध्यक्ष मन बहादुर मगले बिरामीलाई हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक अवस्था कमजोर भएका मगर परिवारका लागि यो सहयोग रकमले थोरै भएनी उपचारमा सहयोग पुग्ने छ र यदी कसैले सहयोग गर्नचाहेमा सहयोग गर्न समेत अध्यक्ष मगरले अनुरोध गर्नु भयो ।

ढकबहादुर मगरको परिवारका अनुसार मृगौला रोग देखिएपछि उनको नियमित उपचार जारी छ। तर उपचार खर्च दिनप्रतिदिन बढ्दै जाँदा परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। दैनिक ज्यालादारी र सामान्य आम्दानीको भरमा जीवनयापन गर्दै आउनु भएका ढकबहादुर स्वयंले कुनै काम गर्न नसक्ने भएपछि परिवारको आर्थिक स्रोत झन् कमजोर बन्दै गईरहेको छ ।

आर्थिक सहयोग ग्रहण गर्दै बिरामीकी श्रीमती दिलकुमारी ठकुरीले नेपाल मगर संघप्रति आभार व्यक्त गर्दै यस्तो कठिन परिस्थितिमा संघले गरेको सहयोगले परिवारलाई ठूलो राहत मिलेको बताउनु भयो । श्रीमानको उपचार निरन्तर चलिरहेको छ। उपचार खर्च जुटाउन धेरै कठिन भइरहेको अवस्थामा संघले गरेको सहयोगले ठूलो हौसला मिलेको बताउनु भयो ।

मनकारीहरुले क्याआर मार्फत रकम जम्मा गर्न सक्नुहुने छ ।

दिलकुमारीका अनुसार उपचार लामो समय सम्म जारी राख्नुपर्ने भएकाले थप सहयोगको आवश्यकता रहेको बताउदै विभिन्न संघसंस्था, दातृ निकाय, स्थानीय सरकार तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगका लागि अपिल गर्नु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले ढकबहादुर मगरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि सबैलाई हातेमालो गर्न आग्रह गर्नु भएको थियो । वहाँहरूले गम्भीर रोगका कारण आर्थिक संकटमा परेका परिवारलाई राज्य, स्थानीय तह तथा सामाजिक संघसंस्थाले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

गम्भीर रोगसँग जुधिरहेका ढकबहादुर मगरको जीवन बचाउन र उपचारलाई निरन्तरता दिन समुदायको साथ अपरिहार्य देखिन्छ। समाजका विभिन्न तहबाट प्राप्त हुने सहयोगले मात्र उनको उपचार यात्रालाई सहज बनाउन सक्छ। नेपाल मगर संघ कमल गाउँपालिकाले देखाएको मानवीय संवेदनशीलता र सहयोगको भावनाले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ। यस्ता सहयोगी हातहरू थपिँदै गएमा ढकबहादुर मगरको उपचारमा आशाको नयाँ किरण थपिएको छ ।

मृगौला रोग नेपालमा बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। दुवै मृगौला फेल भएका बिरामीका लागि नियमित डायलासिस वा मृगौला प्रत्यारोपण नै प्रमुख विकल्प हुने गर्छ। तर यस्ता उपचार अत्यन्त खर्चिलो हुने भएकाले आर्थिक रूपमा विपन्न परिवारका लागि उपचार निरन्तरता दिन निकै कठिन हुने गरेको छ। ढकबहादुर मगरको परिवारले पनि यही कठिन अवस्थाको सामना गरिरहेको छ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend