logo
शुक्रबार, साउन २९ २०८३

मेची सामुदायिक सिकाइ केन्द्रको आयोजनामा बैठक सञ्चालन तथा माइन्युट लेखन तालिम


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ १० २०८१

कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखन तालिम सुरु भएको छ ।

मेची सामुदायिक सिकाइ केन्द्र कमल ३ को आयोजनामा आज बाट तिन दिवसीय बैठक सञ्चालन र माइन्युट लेखन तालिम सुरु भएको छ ।
कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा सुरु भएको तालिममा कमल गाउँपालिका वडा नम्बर ४,५,६ र ७ का टोल विकास संस्थाका अध्यक्ष र सचिव को सहभागिता रहेको तालिमको सहजीकरण नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले गर्नुहुने सिकाइ केन्द्र उपाध्यक्ष विजय कुमार अधिकारीले जानकारी दिनुभयो ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले टोल विकास संस्था भनेको पालिकाकै एक महत्वपूर्ण अङ्ग भएकोले संस्थाका अध्यक्ष र सचिवले माइन्युट लेखन देखी बैठक सञ्चालन सम्म गर्नु पर्ने हुन्छ । त्यसका लागी समेत यो तालिम महत्वपूर्ण हुने भएकोले ध्यान दिएर सिक्न उपाध्यक्ष न्यौपानेले सहभागी हरुलाई अनुरोध गर्नु भयो ।

सिकाइ केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षमा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद नेपालले गर्नु भएको थियो भने नि वर्तमान अध्यक्ष मात्रिका प्रसाद नेपालले शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend