logo
शुक्रबार, साउन २९ २०८३

कमलमा क्षमता विकास तालिमले ल्याएको परिवर्तन


  • उमानाथ भण्डारी
  • मंगलबार, जेष्ठ ८ २०८१

कमल । झापाको कमल गाउँपालिका ६ की विमला बराइलीलाई यतिबेला एकै छिन फुर्सद छैन । एक वर्ष अगाडि देखी सिलाई बुनाइको सामान्य व्यवसाय सुरु गर्नु भएकी बराइली यतिबेला व्यवसायीक रुपमा सिलाई बुनाई सुरु गरे पछि कसैसंग बोल्ले सम्मको फुर्सद छैन ।

आफूले यसरी व्यवसाय सुरु गरुँला र यस्तो व्यस्तता हुन्छु भनेर सोचेको पनि थिएन तर समय र परिस्थितिले गर्दा यती व्यस्त भैयो की अहिले साथी भाइ आउँदा बोल्ने फुर्सद हुँदैन ।

विमला एक वर्ष अगाडि सम्म सामान्य दिन कटाउनका लागी घरमै सिलाई कटाई गर्दै हुनुहुन्थ्यो । जब गाउँपालिकाले महिलाहरूलाई क्षमता विकास अन्तर्गत तालिम सञ्चालन गर्ने बारेको सूचना पाउनु भयो र वडामा गएर आफ्नो नाम दर्ता गराउनु भयो त्यस पछि तालिममा सहभागी हुनुभयो ।

६ महिनाको तालिम पछि दुईचार महिना घरमै सिलाई कटाई चलाउनु भयो अहिले श्री कमल ऊर्जाशील नारी लघु उद्यमी समुह नामको फर्म सञ्चालन गर्नु भएको छ सिक्न चाहनेलाई विमलाले तालिम समेत दिनुहुन्छ ।

अहिले विमलाको दैनिकी नै परिवर्तन भएको छ । आर्थिक पक्ष सबल हुने नै भयो, दैनिक एक हजार पाँचसय देखी दुईहजार रुपैयाँ सम्म कमाई हुन थालेको छ । यति मात्र कहाँ हो र वहाँ भित्र आत्माबल बढेको छ , आफ्नै खुट्टामा उभिन सक्ने हुनुभएको छ ,समाजले वहाँलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ ।

दुईचार जनाका अगाडि निर्धक्क आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास भएको विमला बताउनुहुन्छ “यो सब गाउँपालिकाले सञ्चालन गरेको क्षमता विकास तालिमको उपलब्धि हो विमला भन्नुहुन्छ ।”

विमला त क्षमता विकासले ल्याएको परिवर्तनको एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ कमल गाउँपालिकामा वहाँ जस्तै आफूलाई स्वरोजगार बनाएर विभिन्न पेशा र व्यवसायमा दर्जनौँ युवा संलग्न हुनुहुन्छ ।

गाउँ पालिका द्वारा सञ्चालन भएको क्षमता विकास तालिम बाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्थानीय विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखेर उचित खर्चको व्यवस्थापन गर्दै स्थानीय वासीको क्षमता विकास गर्दै उनीहरूको जीवनस्तर उकास्दै सभ्य समाजको निर्माण गर्न कमल गाउँपालिकामा लागी परेको छ ।

कार्यक्रम सञ्चालन भएपछि कमल गाउँपालिकाले पालिका भित्र स्थाई रुपमा बसोवास गर्ने नागरिकका लागी क्षमता विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । तालिम लिएपछि धेरै युवाहरूले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् भने कतिपय युवा आफूले सिकेको सीप र क्षमता लाई सदुपयोग गर्दै वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानी समेत गर्दै छन् ।

गाउँपालिकाले गाउँमा रहेका नागरिकको क्षमता विकास गर्न सके मात्र सिंगो पालिकाको विकास हुने भएकोले हरेक नागरिक लाई सक्षम बनाउन गाउँपालिकाले विभिन्न किसिमका क्षमता विकास सँग सम्बन्धित तालिम सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय गाउँपालिकाले नागरिकको मागका आधारमा क्षमता विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको छ । जस अन्तर्गत गत आर्थिक वर्षमा एसी फ्रिज मर्मत ४० , कफी बनाउने ६० , एडभान्स ड्राइभिङ ४०, लोकसेवा तयारी कक्षा ४० ,ढाका तालीम जना लगायत बालबालिकाकालाई वाल विवाह, बाल संरक्षण, लागू पदार्थ दुर्व्यसनी ,उद्घोषणका साथै दलित तर्फ उद्यमशीलता, सिलाई कटाई, नेतृत्व विकास जस्ता तालिम सञ्चालन गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षमा एडभान्स मोबाइल मर्मत ३२, लोकसेवा तयारी एडभान्स ड्राइभिङ ३४, ब्युटिसियन २३, महिलालाई ठेला वितरण १४, महिला जनप्रतिनिधि लाई क्षमता विकास ४५ ,साबुन र फिनेल बनाउने ७० जना लाई क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

तालिम लिएका हरेक युवाले आफूले सिकेको सिपका आधारमा स्वरोजगार बनेका छन् । तालिमले एकतिर व्यक्ति स्वरोजगार बने पछि उसको जीवन स्तरमा परिवर्तन आएको छ भने अर्को तर्फ पालिकाको राजस्वमा समेत वृद्धि भएको छ ।

पालिकाले तालिम दिएर स्वरोजगार बनाएका व्यवसायीलाई वहाँ हरूको व्यवसाय प्रवर्द्धनका लागी आवश्यक सहयोग गर्न गाउँपालिका सँधै तयार रहेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई बताउनुहुन्छ ।्

हामीले युवाहरूलाई तालिम मात्र दिएका छैनन् , वहाँहरूलाई आफूले सञ्चालन गरेका व्यवसायलाई थप विस्तार गर्न पालिकाको श्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने गरेको अध्यक्ष राई बताउनुहुन्छ ।

पालिका द्वारा सञ्चालित यस्ता तालिमले स्थानिय वासीलाई धेरै फाइदा पुगेको छ । तालिममा सहभागी कतिपय अहिले स्वरोजगार बन्नु भएको छ
क्षमता विकास तालिम लिएपछि उहाँहरूमा आत्मबल बड्नु का साथै केही गरौँ भन्ने हिम्मत समेत आएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउनुहुन्छ ।

कार्यक्रमले सेवाप्रवाह र सेवाग्राही बिचको सम्बन्धलाई समेत सुमधुर बनाएको छ । सेवा प्रवाह र सेवाग्राही दुवैले आ आफ्नो जिम्बेवारी र कर्तव्य बुझेर सेवा दिने र लिने हुँदा सहज भएको शाक्य बताउनुहुन्छ ।

गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरे सँगै पालिकाको आवधिक योजना निर्माण, वार्षिक रणनीतिक योजना निर्माण , सूचना प्रविधि, आन्तरिक नियन्त्रण प्रणाली लैङ्गिक समानता, आर्थिक योजना निर्माण लगायतका क्षेत्रमा समेत कार्यक्रमको प्रत्यक्ष प्रभाव परेको छ ।

आगामी दिनमा प्रदेश र स्थानीय तह मिलेर जनताको न्यूनतम आवश्यकताका साथै रोजगारी सृजना गर्ने खालका कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।

अझैपनि पालिकाका आम नागरिकलाई क्षमता विकास सम्बन्धी का विभिन्न कार्यक्रम सँग जोड्दै अगाडि बड्नु पर्ने आवश्यक छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend