दुधे । नेकपा एमाले शिवसताक्षी नगर कमिटीले आगामी जेष्ठ १० र ११ गते दोश्रो नगर अधिवेशनको गर्ने भएको छ ।
नेकपा एमाले शिवसताक्षी नगर कमिटीले सोमबार दूधेमा पत्रकार सम्मेल गरी दोस्रो नगर अधिवेशनको बिषयमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नगरको दोश्रो अधिबेशन तयारी पुरा भएको समेत जानकारी गराइएको थियो ।
अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट प्रतिनिधि छनोटका काम सकिएको बताइएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले उपलब्ध गराएको विवरण अनुसार शिवसताक्षीमा २४२२ पार्टी सदस्य रहेको छ भने अधिवेशनमा पार्टीको नविकरण गरेका सदस्यहरुमध्ये वडाबाट नगर अधिवेशनका लागि चुनिएर आएका सदस्यले भाग लिन पाउने व्यवस्था छ ।
जसमा शिवसताक्षी नगरपालिका ११ वटै वडाबाट ५१३ सदस्य चुनिएर आएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । अन्य जनवर्गिय संगठनबाट चुनिएका प्रतिनिधिहरु समेत गरी करिब ७०० प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने नेकपा एमाले शिवसताक्षी नगर कमिटीका कार्यबहाक अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।
अधिवेशन प्रतिनिधि छनोटमा ३३ प्रतिशत महिला,२० प्रतिशत युवाहरुको उपस्थिति अनिवार्य गराइएको छ भने, आदिवासी जनजाति, पिछडा वर्ग, दलित, मजदुर, अपाङ्गता भएका सबै वर्गको प्रतिनिधित्व हुनेगरी अधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन समेत तयार भइसकेको बताएको छ । अधिवेशनका सबै कमरेडहरुलाई विभिन्न जिम्मेवारीका लागि उपसमिति गठन गरी परिचालन गरिएको कावा अध्यक्ष नेपालले बताए । अधिवेशनको उद्घाटनमा पार्टी पालिटव्यरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा रहने जनाइएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा पार्टीका ज्येष्ठ महिला कर्मठ सदस्य कमरेड आइतमाया लिम्बु, पार्टीका पुराना सदस्य कमरेड तारासम योङ्या र तत्कालिन मालेको दोस्रो विस्तारित बैठक स्थलका घर मुली २०४४ सालका सेल्टर दाता कमरेड देवी रेग्मीलाई सम्मान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अधिवेशनका लागि कमरेड बेनुप्रसाद कार्कीको संयोजकत्वमा ७ सदस्य निर्वाचन मण्डल समेत गठन भएको नेकपा एमाले नगर कमिटीले जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज क। मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यलगायतको उपस्थिति रहेको थियो । अधिवेशन शिवसताक्षीको दूधे स्थित आदिवासी जनजातिको भवनमा हुने बताइएको छ । सो अवसरमा नगरकमिटीको दोश्रो अधिबेशनको लोगो समेत सार्बजनिक गरिनुका साथै पत्रकार सम्मेलन पश्चात नगरकमिटीको पूर्ण बैठक समेत बसेको थियो ।