logo
शुक्रबार, साउन २९ २०८३

दलका नेता तथा उमेद्वर घर दैलो कार्यक्रममा व्यास्त, मतदाता भन्नुहुन्छ हाम्रा समस्या ज्युँ का त्युँ


  • उमानाथ भण्डारी
  • मंगलबार, बैशाख २० २०७९

कमल ,बैशाख २० आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिती नजिकिदै जाँदा दलका नेता तथा उमेद्वार घरदैलो कार्यक्रममा व्यास्त हुन थालेका छन् ।
मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै दैनिक दुई तिन वटा दलका नेता तथा उमेद्वार मतदाताको घरघरमा पुग्ने गरेका छन् ।
सबैदलका नेता तथा उमेद्वरले हामिलाई भोट दिएर जिताउनु भन्नुहुन्छ ।अहिले सम्म कुनैपनि नेताले हाम्रो समस्या समाधान गर्नु भएको छैन । २०४० साल देखी यस ठाउँमा बसोवास गर्दै आएका छौ । हाम्रा समस्या ज्युँ का त्युँ छन् । अहिले सम्म न धनिपुर्जा पाउन सकियो ? न सडक कालोपत्रे भयो ? हाम्रा समस्या कस्ले बुझिदेने भन्नुहुन्छ कमल ५ निवासी कोपिला त्रिखत्री ।
हामिलाई मतदान गरेर विजय गराएमा तपाईहरुका समस्या समाधान गर्छौ भन्दै दैनिक जसो भोट माग्न उमेद्वारका साथै दलका नेता र कार्यकर्ता आउने गर्दछन् । हामीले धेरै पटक भोट दिएर जितायौं पनि तर अहिले सम्म कसैले पनि पुरा गरेका छैनन् । न खाने पनि आयो न सडक कालो पत्रे भयो ? हाम्रा समस्या जस्ताको छस्तै छन् भन्नुहुन्छ स्थानिय टिकामाया मगर
नेताहरुले निर्वाचनका समयमा जहिले पनि आश्वाशन मान दिने गर्दछन् । अहिले सम्म नेताले गरेको बाचा कसैले पनि पुरा गरेका छनन् । न त सकड बन्यौ ? नत धनि पुर्जा नै आयो ? हामि टुक्रे बासिका थुप्रै समस्या छन् । तर अहिले सम्म कसैले हाम्रा समस्या हल नगरेको बताउनुहुन्छ स्थानिय मनकुमारी लिम्बु
निर्वाचनका समयमा उमेद्वार तथा राजनितीदलका नेता तथा कार्यकर्ताले मतदाता लाई थुप्रै आश्वासर दिएर आफ्नो पक्षमा भोट मागेका हुन्छन् र मतदाताले विश्वास गरेर भोट पनि दिन्छन् । तर अहिले सम्म निर्वाचनका समयमा मतदाता संग गरेको प्रतिबद्धता पुरा गर्न त कता हो कता जिते पछि फकिएर त्यो ठाउँ सम्म जानकालागी फेरी अर्को चुनाव कुर्नु पर्ने बाध्याताको अन्त्य कहिले होला ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend