logo
शुक्रबार, साउन २९ २०८३

नेकपा (एमाले) कमलको अध्यक्षमा ढकाल निर्वाचीत


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख ३० २०८१

कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशन बाट अध्यक्षमा हरी ढकाल सर्व सम्मत निर्वाचीत हुनु भएको छ ।

आगामी तिन वर्षे कार्यकालकालागी ढकाल सहित उमेद्वारी दर्ता गराउनु भएका डम्बर बहादुर निरौला र धन बहादुर बस्नेतले उमेद्वारी फिर्ता लिए संगै ढकाल सर्बसम्मत निर्वाचित हुनु भएको हो ।

त्यस्तै उपाध्यक्षमा अकल बहादुर गुरुङ्ग सर्व सम्मत निर्वाचीत हुनुभएको छ । गुरुङ्ग संगै उमेद्वारी दिनुभएका चन्द्रकला ढकाल र उषा भण्डारी आफ्नो उमेद्वारी फिर्ता लिएपछि गुरुङ्ग सर्वसम्मत निर्वाचीत हुनु भएको हो निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँकमिटीको सचिवमा विरेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले (१७५) मत प्राप्त गरी निर्वाचित हुनु भएको हो भने वहाँ प्रतिष्पर्धी छविलाल गुरगाईले (७६) मत प्राप्त गर्नु भएको थियो । उपसचिवमा भीम चापागाँइले (१७५) मत पाप्त गरी निर्वाचित हुनुभयो भने वहाँका प्रतिष्पर्धी दिपक कुमार दाहालले ५६मत प्राप्त गर्नु भएको निर्वाचन समिति सदस्य शारण कुमार पराजुलीले बताउनु भयो ।


महिला उप सचिवमा हिमा नेपालीले (११८) मत प्राप्त गर िविजयी हुनु भएको थियो भने वहाँ प्रतिपष्र्धी ममता गुरुङ्गले (७४) र शान्ता दाहालले (६४) मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।

कमल गाउँपालिकामा १ हजार ३ सय नवीकृत सदस्य मध्ये बाट अधिवेशनका लागी ३ सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटी सचिवालयले जनाएको छ । अधिवेशन बाट ७५ जनाको गाउँकमिटी निर्वाचित भएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend