कमल । झापाको कमल गाउँपालिकामा किशोरीहरुकालागी आत्मरक्षा तालिम सञ्चालन भैरहेको छ ।
गाउँपालिकाको सात वटै वडाका विध्यालयमा अध्यायनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षा तालिम सञ्चालन गरेको महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिनुभयो ।
तालिममा प्रत्येक वडाका ३५ जना किशोरीलाई तालिम प्रदान गरिने महिला तथा वालवालिका शाखाले जनाएको छ ।

तालिम सञ्चालन गर्ने क्रममा वडा नम्वर २,३,४र ५ सम्पन्न भैसकेको र बाँकी वडामा क्रमश सञ्चालन गर्दै जाने प्रमुख कार्कीले बताउनु भयो ।
तालिमा सहभागी किशोरीलाई सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका खटिएका मिना कठेत लगायतको टिमले प्रशिक्षण गराई रहेको छ ।