logo
शुक्रबार, साउन २९ २०८३

नेकपा (एमाले) कमलको दोस्रो गाउँ अधिवेशन सुरु


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २८ २०८१

कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशनका आज सुरु भएको छ ।

कमल गाउँपालिका ५ स्थित रोड स्टार पार्टी प्यालेसमा आज बाट सुरु भएको गाउँ अधिवेशन भोली बैशाख २९ गते सम्म चल्नेछ ।

दोस्रो गाउँ अधिवेशनको उद्घाटन नेकपा एमालका पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले गर्नु भएको थियो ।

२०८४ को स्थानिय तहको निर्वाचनमा प्रमुख उपप्रमुख लगायत सबै तहमा आफ्ना पाटीले छानेका प्रतिनिधीलाई विजय गराउनु पर्ने भएकोले अब बन्ने गाउँकमिटीको टिम अत्यन्तै सबल सक्षम र पाटी प्रती जिम्बेवार बन्ने खालको बनोस भन्ने शुभकामना दिनुभयो ।
अधिवेशन सफलताको शुभकामना दिदै नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले नेकपा एमालेको परिवर्तनमा कमल गाउाँपलिकाका पार्टी सदस्यहरको महत्व पुर्ण भुमिका रहदै आएको छ र भोलि पनि त्यो विरासतलाई कायम राख्ने खालको कमिटी बनोस् भन्नेमा आफु विश्वस्त रहेको अध्यक्ष गिरीले बताउनु भयो ।
अधिवेशन सफलताको शुभकामना का क्रममा कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा सदस्य होम बहादुर थापा, केन्द्रिय कमिटी सदस्य उवम् संविधानसभा सदस्य दिपक कार्की, केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले केन्द्रिय कमिटी सदस्य एवम् इोत्र नम्बर ५ ईन्चार्ज रोमनाथ ओली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पार्टीले अधिवेशनको अवसरमा मरणोपरान्त सम्मान अन्तर्गत स्वर्गीय रुद्र प्रसाद र छायाँदेबी चापागाईँ जनपक्षिय प्रतिनिधी भोकुमार घिमिरे, आश्रयदाता छायाँदेवि चापागाईँ, सबैभन्दा पहिले पार्टी सदस्यता प्राप्तगरी हाल सम्म कृयाशील नानीराम पौडेल र जेष्ठ नवीकृत पार्टी सदस्यमा हरिमाया दाहाललाई सम्मानगरीउको थियो ।

कार्यवाहक अध्यक्ष हरी प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यवाहक सचिव विरेन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो भने कार्यालय सचिव छवीलाल गुरागाईले शाब्दिक शब्द द्वारा स्वगत गर्नुभएको थियो ।

कमल गाउँपालिकामा १ हजार तिन सय नवीकृत सदस्य मध्ये बाट अधिवेशनका लागी ३ सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटी सचिवालयले जनाएको छ ।
अधिवेशन बाट ७५ जनाको गाउँकमिटी निर्वाचित हुनेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend