logo
शुक्रबार, साउन २९ २०८३

झापामा ६३.२४ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन , बिर्तामोड अग्रस्थानमा


  • उमानाथ भण्डारी
  • मंगलबार, बैशाख २५ २०८१

कमल । झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९ औं दिन सम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत नागरिकले औषधी सेवन गरेका छन् ।

यसरी जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउने पालिकाहरूमा बिर्तामोड नगरपालिकाले सबै भन्दा अगाडि रहेको छ । बिर्तामोडले ९१ दशमलव ७६ प्रतिशत औषधी सेवन गराउन सफल भएको छ ।

त्यस्तै कन्काई नगरपालिकाले ८० दशमलव ७३ प्रतिशत औषधी सेवन गराएको छ भने बुद्धशान्ति गाउँपालिकाले ८० दशमलव ४७ प्रतिशत जनतालाई औषधी सेवन गराएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताउनु भयो ।



त्यस्तै कमल गाउँपालिकाले ४७ प्रतिशत, अर्जुनधारा नगरपालिकाले ६९ दशमलव ४६ प्रतिशत, मेचीनगर नगरपालिकाले ६१ दशमलव ७९ प्रतिशत शिवसतासी नगरपालिकाले ५८ दशमलव ६० प्रतिशत दमक नगरपालिकाले ६२ दशमलव ५१ प्रतिशत,गौरादह नगरपालिका ३६ दशमलव ५३ प्रतिशत,झापा गाउँपालिका ६० दशमलव ३३ प्रतिशत,बाह्दशी गाउँपालिका ५८ दशमलव ४३ प्रतिशत,हल्दिवारी गाउँपालिका ५६ दशमलव ४८ प्रतिशत,भद्रपुर नगरपालिका ३३ दशमलव ९४ प्रतिशत र कचनकवल गाउँपालिका ६८ दशमलव ९३ प्रतिशत नागरिकलाई औषधी सेवन गराउन सफल भएको प्रमुख बराकोटीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend