logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षी नगर खेलकुद बिकास समिति द्वारा फुटवल बितरण


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख २४ २०८१

शिवसताक्षी । शिवसताक्षी नगर खेलकुद बिकास समितिले आसन्न मेयर कपलाई लक्षित गरेर फुट्बल बितरण गरेको छ ।
समितिले केहिदिन अघि बाट वडागत रुपमा २र२ थान फुट्बल बितरण गरिरहेको छ ।

नगर खेलकुद बिकास समितिले नगरको ११ वटै वडा खेलकुद समितिका पदधिकारीहरुलाइ उक्त फुटबल आसन्न मेयर कपलाई लक्षित गरेर बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङ्ग राईले बताउनु भयो ।उहाको अनुसार मेयर कप आगमी बैशाख ३० गतेबाट सुचारु हुने तय भएको छ ।

सोहि अनुसार आज नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङ्ग राईले फाक्तेप फुट्बल क्लबलाइ पनि २ थान फुट्बल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङ्ग लगायतको टिमलाइ हस्तान्तरण गर्नु भएको छ ।

फाक्तेप फुटबल क्लब तथा वडाका प्रतिभावान खेलाडीहरुलाई प्रशिक्षण गर्न सहज होस भन्ने हेतुले नै खेल सामग्री प्रदान गरिएको अध्यक्ष रिङ्गालुङ्गको भनाई छ । त्यसै गरि यस क्लबलाइ शिवसताक्षीका भेट्रान खेलाडी पेमा लामाले पनि १ थान फुटबल दिनुभएको बताइएको छ ।
आसन्न मेयर कपमा फुटबल, क्रीकेट ,भलिबल, ब्याट्मिन्ट्न लगायतको वडा स्तरीय खेल हुने बताइएको छ ।
मेयरकपको बिषयमा बिस्तृत विवरण केहिदिन पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने समेत बताइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend