कमल । झापाको दमकमा एक किशोरी माथी गोली प्रहार भएको छ ।
गोलि प्रहार बाट घाईते भएकी किशोरी उदयपुरको लिङचिङबुङ गाउँपालिका ३ घर भई दमक नगरपालिका ५ स्थित कमल बुढाथोकीको घरमा डेरा गरी बस्ने चन्द्र बहादुर अधिकारी गजमेरको १८ वर्षिया छोरी एनिका अधिकारी गजमेर भएको प्रहरीले जनाएको छ । एनिका माथी शुक्रबार (आज) दिउँसो अन्दाजी १२ः३० बजेको समयमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर कोठातर्फ फर्कदै गरेकी उनलाई दमक ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
घट्नाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीका अनुसार लाइफलाइन अस्पताल दमकमा आइसियुमा राखी उपचाररत रहेकी घाइतेको नाइटोमाथि पेटमा डढेको, दबेको र दर्दारिएको जस्तो चोट देखिएको छ । हाल अवस्था सामान्य रहेको जनाइएको छ । घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।