शिवसताक्षी। झापा शिवसताक्षी १ धरमपुरमा मुख्य कार्यलय रहेको धरमपुर साकोसले सस्थको १५ औ स्थापना दिवसको अवसरमा बिभित कार्यक्रम गर्ने भएको छ ।
सस्था द्वारा बैशाख १७ गते जारी गरिएको सुचना अनुसार
बैशाख २० गते आखा शिबिरको आयोजना गरिने छ । आखा शिबिरको प्राबिधिक सहयोग मेची आखा अस्पतालले गर्ने सस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिनु भयो । बिहान १० बजे देखि सुरु गर्ने योजना रहेको आखा शिबिर धरमपुर चोकमा गरिने बताइएको छ । सस्थाको सामाजिक उत्तर दायित्व बहन गर्दै सस्था स्थापनाको अवसरमा बिभिन्न सामाजिक कार्यहरु गर्न लागेको ब्यबस्थापक ढकालले बताउनु भयो ।
त्यसै गरि सस्थाले २२ गते सनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यसको प्रबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले गर्ने छ भने कार्यक्रम सस्थाको कार्यलय परिसरमा बिहान ७ बजे देखि सुरु गर्ने गरि तयरी थालिएको सस्थाका अध्यक्ष कुमार शंकरले बताउनु भयो । उहाको अनुसार २४ गते सोमबार बिहान११ बजे कमल खोला उत्तर दहासस्कार आसपासमा जालीवाला डबिन हरु राखिने छ भने २५ गते अपराहन्न ३ बजे बिभिन्न जातका बिरुवाहरु बृक्षरोपण गरिने कार्यक्रम रहेको बताउनु भयो ।
कार्यक्रमलाइ सब्य र भब्यरुपमा सफल बनाउन माइकिङ र प्रचार प्रसारलाइ समेत गरिरहेको जनाइएको छ ।
सस्थाको शिवसताक्षी १ धरमपुर बजारमा मुख्य कार्यलय रहेको र शिवसताक्षी २ स्थित मङलबारेमा सेवा केन्द्र रहेको छ । सस्थाले यस अघि पनि बिभिन्न शिवसताक्षी १,२, र ३ मा रहेका सामुदायिक बिध्यालयमा अध्यापन गर्ने बिध्यार्थीहरुलाइ न्यानो कपडा बितराण गरेको थियो भने प्रत्येक स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताइएको छ ।