logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख १६ २०८१

कमल । कमल गाउँपालिका वडा नम्बर ५ को आयोजनामा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्वास्थ्यको पहुँच नपुगेका आफ्ना वडा बासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको वडा अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिनुभयो ।

शिविरमा बिर्ताज्योति आँखा अस्पताल दमक, ओम शान्ति डेन्टल अस्पताल दमक र दमक अस्पताल एण्ड रिसर्च सेन्टर दमक को प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा उपस्थित बिरामीलाई वडा कार्यालयको तर्फबाट निःशुल्क औषधि समेत वितरण गरिएको थियो भने शिविरमा उपचार गर्न सम्भव नभएका बिरामीहरूका लागि सम्बन्धित अस्पतालहरूले विशेष छुट सुविधामा सेवा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ।

शिविरमा फिजिसियन सम्बन्धी ५७ आँखाका २२९ र दाँतका ६३ जना बिरामीले सेवा लिनु भएको वडा सचिव अमृत शाहले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend