logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा खुल्ला महिला फुटबल नकआउट प्रतियोगिता हुने


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख १६ २०८१

कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा खुल्ला महिला फुटबल नकआउट प्रतियोगिता हुने भएको छ।

आगामी वैशाख २३ गतेबाट २८ गतेसम्म कमल गाउँपालिका ३ स्थित खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितामा झापा इलाम र मोरङका ८ वटा टिम सहभागी हुने आज केर्खामा पत्रकार सम्मेलन आयोजना गरी  खेल संयोजक रुस्तम राईले जानकारी गराउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद २१ हजार का साथै ट्रफी मेडल र प्रमाणपत्र पाउने का साथै  प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच ,बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोल किपर लाई समेत नगद ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्त मगरले जानकारी दिनुभयो ।

कमल गाउँपालिकाको वार्षिक स्वकृत कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन गर्नका लागि २ लाख ५० हजार नगद उपलब्धहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend