ईलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताउनु भयो ।
वहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।
निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै वहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण समेत गर्नु भयो ।
इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।
४२ वडा रहेको इलाम-२ मा एक लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।