कमल । कमल गाउँपालिका वडा नम्वर १ मा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ ।
वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा “लागु औषध विरुद्धको हाम्रो अभियान, खेलकुदमा युवाहरुको योगदान” भन्ने नाराका साथ आगामी बैशाख १७ गते देखी २२ गते सम्म कमल गाउँपालिका वडा नम्वर १ सरङ्गपाडा स्थित खेलकुद मैदानमा सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईको हो ।
प्रतियोगितामा गाउँपालिकाका ६ वटा वडा बाट एकएक र वडा नम्वर १ बाट दुई वटा टिम गरी जम्मा ८ वटा टिम प्रतियोगितामा सहभागीहुने छन् भने जनप्रतिनिधी , पालिका स्तरिय खेलकुद विकास समिति र कर्मचारी बिच मैत्रीपुर्ण खेल हुने सल्लाहकार समितिका सदस्य सचिव शीव खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथमहुने टिमले नगद ४० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाप्त गर्ने छ भने द्वतिय हुने टिमले नगद २० हजारका साथै ट्रफि मेडल र प्रमाण पत्र पाप्त गर्ने छ ।
यसका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उदयमान खेलिाडी र उत्कृष्ट किपरले जनही ५÷ ५ हजार नगदका साथै मेडल र प्रमाण पत्र पाप्त गर्ने छन् भने हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले १ हजार ५ सय नगद प्राप्त गर्ने वडा नम्बर १ खेलकुद बिकास समितिका अध्यक्ष भुवन भण्डारीले जानकारी दिनुभयो ।
प्रतीयोगिताका लागी वडा नम्वर १ बाट २ लाख रुपैया र विभिन्न संघसस्थ, उद्योग ,फर्म तथा खेल प्रेमी मानुभावहरुबाट प्राप्तहुने १ लाख पचास हजार रुपैया गरी जम्मा ३ लाख ५० हजार रुपैयामा प्रतियोगिता सम्पन्न हुने छ ।
लागु औषधका कारण पछिल्लो समय युवाहरुमा विभिन्न समस्या आएका बेला त्यसलाई न्युनिकरण गर्दै सभ्य समाजको निर्माणकालागी खेलकुद महत्वपुण हुने भएकोले चालु आर्थीक वर्ष देखी वडा अध्यक्ष कप सुरुगरीको हो ।
यस्ता प्रतियोगिताले समाजमा हुने विभिन्न अपराधिक घटनालाई न्युनिकरण गर्दै समुन्नत समाज निर्माणमा सहयोग पुग्ने कमल गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।
शहर केन्द्रित हुने यस्ता प्रतियोगिता गाउँमा सञ्चालन गर्न निकै चुनौती छ । तरपनी प्रतियोगीताले गाउँमा रहेका खेताडीको क्षमताको पहिचान गरी आगामी दिनमा गाउँपालिकालाई खेलकुदको उर्भरभुमिको रुपमा चिनाउदै अगाडी बड्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।