कमल ÷ पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिरेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरु कमल गाउँ पालिका वडा नंम्बर ४ अमलडागी निवासी मौसम राई(मिन्सु) बर्ष (२६), युनिस भण्डारी बर्ष(२५), सरोज रेग्मी (बर्ष १७) रहेका छन । मृतक तिनै जना एउटै मोटर साईकलमा सवार रहेका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिरेमा बुधबार बिहान ५ः३० बजे दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा विएमसी अस्पताल विर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न बोलेरो र मोटर साईकललाई ईलाका प्रहरी कार्यलय झिझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
।