कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण विरुद्धको आम औषधी सेवन अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन समुदाय स्तरीय अन्तरकृया कार्यक्रमलाई तिव्रता दिएको छ ।
आगामी वैशाख १६ गते देखी ३० गते सम्म सञ्चालन हुने आम औषधी सेवन अभियान सम्बन्धी जानकारी गराउने उद्देश्यले वडामा रहेका टोल विकास सस्थालाई समेटेर प्रत्येक वडामा ५ ठाउँमा समुदाय स्तरीय अन्तरकृया कार्यक्रम सञ्चालन भैरहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
अन्तरकृयामा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको उपस्थितमा कार्यक्रम सञ्चालन गरिएको र यस पछि समुदाय स्तरीयका प्रत्येक टोल विकास संस्थामा पुगेर अन्तरकृया गरिने कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
आम औषधी सेवान कार्यक्रममा २ वर्ष मुनीका बालबालीका, गर्भवती र ७ दिनमा सुत्केरी महिला तथा सिकिस्त बिरामी बाहेक सबैले अनिवार्य औषधी सेवन गर्नु पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
कमल गाउँपालिकामा बसोवास गर्ने ५४ हजार ७०५ जना मध्ये बालबालिका १ हजार ६८५ र गर्भवती र सुत्केरी महिला १ हजार १६० जना बाहेक ५१ हजार ८६० जनाले अनिवार्य रुपमा औषधी सेवान गर्नु पर्ने कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनु थापले अनुरोध गर्नु भएको छ । आम औषधी सेवन कार्यक्रम यो अन्तिम पटक भएकोले सबैले अनिवार्य औषधी सेवन गरीएको कार्ड सुरक्षित राख्न समेत थापाले अनुरोध गर्नु भयो ।
आम औषधी सेवन शतप्रतिशत नगरेकै कारण देशका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा अहिले सम्म पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन , त्यसैले यो अन्तिम पटक भएकोले सबैले अनिवार्य औापनि आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन कमल गाउँपालिकाले प्रदान गर्ने सेवामा औषधी सेवन गरिएको कार्ड अनिवार्य भएकोले सुरक्षित राख्न समेत गाउँपालिकाले सबै कमल वासीलाई अनुरोध गरेको छ ।
सन् २००३ सालमा नेपालमा पर्सा जिल्ला बाट पहिलो पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरेको भएपनि कार्यक्रममा शतप्रतिशतलाई औषधी सेवन नगरेका कारण रोग निवारण हुन नसकेको सहारा नेपालका फेयरमेड कार्यक्रममा फोकल पर्सन सौरभ बगालेले बताउनु भयो ।
हात्तीपाइले रोग बाट विश्वमा १२ करोड मानिस संक्रमति भएको भएता पनि नियमित औषधी सेवनले ७ करोड मानिस रोग मुक्त भैसकेका छन् भने अझै ५ करोड व्यक्ति रोग बाट संक्रमित नै छन् भने १६ लाख मानिस अङ्गभङ्ग र अपाङ्ग भएका छन् यसैले बगालेले बताउनु भयो ।