कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधी सेवन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी वैशाख १६ गते देखी ३० गते सम्म सञ्चालन हुने आम औषधी सेवन सम्बन्धी जानकारी गराउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको उपस्थितमा अभिमुखी करण कार्यक्रम सञ्चालन भएको हो ।
आम औषधी सेवान कार्यक्रममा २ वर्ष मुनीका बालबालीका, गर्भवती र सुत्केरी महिला तथा सिकिस्त बिरामी बाहेक सबैले अनिवार्य औषधी सेवान गर्नु पर्ने हुन्छ ।

कमल गाउँपालिकामा बसोवास गर्ने ५४ हजार ७०५ जना मध्ये बालबालिका १ हजार ६८५ र गर्भवती र सुत्केरी महिला १ हजार १६० जना बाहेक ५१ हजार ८६० जनाले अनिवार्य रुपमा औषधी सेवान गर्नु पर्ने कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनु थापले अनुरोध गर्नु भएको छ ।
आम औषधी सेवन शतप्रतिशत नगरेकै कारण देशका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा अहिले सम्म पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन , त्यसैले यस पटक को आम औषधी सेवन कार्यक्रममा सबै सहभागी भएर अनिवार्य औषधी सेवन गर्नुपर्ने कमल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले बताउनु भयो ।