logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाका कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान

अनुदान पाएपछी कृषक दंग


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख ७ २०८१

कमल झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा कृषि पेशामा संलग्न कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।

कृषकलाई बजारमुखी एक समुह एक सामूहिक तरकारी उत्पादनका आधारमा प्रोत्साहन अनुदान प्रदान गरेको हो । जस अन्तर्गत ५ कठ्ठा सम्म खेती गर्ने किसानले प्रति कठ्ठा १ हजारका दरले ५ कठ्ठा भन्दा बढी खेती गरेमा प्रति कठ्ठा एक हजार ५ सयका दरले किसानलाई चेक मार्फत भुक्तानी गरेको गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिनुभयो ।

कृषि विकास शाखा मार्फत किसानलाई घटीमा ५ हजार र बढीमा २४ हजार ५ सय रुपैयाँ सम्म प्रोत्साहन अनुदान प्रदान गरेको छ । गाउँपालिका ६६ जना कृषकलाई ४ लाख २७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको शाखाका प्राविधिक प्रेम पोख्रेलले बताउनु भयो ।

कृषकले उत्पादनका आधारमा पहिलो पटक यसरी रकम पाएको हो । आफूले गरेको मेहनतको मल्याङ्कन भएकोमा आफूलाई निकै खुशी लागेको र यस कार्यक्रमले कृषकलाई धेरै फाइदा हुने कृषक इन्द्र प्रसाद दाहाल बताउनुहुन्छ ।

गत आर्थिक वर्ष सम्म पालिका बाट कृषकले मल बिउ अनुदान पाउने गरेका थियौं तर यस आर्थिक वर्ष देखी चेक मार्फत रकम पाएका छौ यसले आफु जस्ता कृषकलाई धेरै सहज भएको कृषक सुभद्रा रिजाल बताउनुहुन्छ ।

गाउँपालिकाले कृषको उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण कार्यक्रम ल्याएपछि कृषकमा निकै उत्साह थपिएको छ । यसले व्यवसायीक कृषकलाई पालिका सँग जोड्ने माध्यम समेत बनेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend