बमल । विहिवार बाट देश भरका ५ वर्ष मुनिका बालबालिकाहरुलाइ राष्ट्रिय भिटामिन ए र जुका औषधीको सेवन गराउने कार्यक्रम सुरु भएको छ ।
यसै क्रममा झापाको कमल गाउँ पालिकाले समेत ५ बर्ष मुनिका बालबालिकाहरुलाइ राष्ट्रिय भिटामिन ए र जुका औषधी सेवन गराउने कार्यक्रम सुरु गरेको छ ।
औषधी के कसरी सेवन हुँदैछ भनेर गाउँ पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी बाट सुवेरवेक्षण तथा अनुगमन गर्नु भएको छ ।
र्
६ ६ महिनाको अवधीमा वर्षको २ पटक कार्तिक र बैशाख महिनामा बालबालिकाहरुलाइ नियमित रुपमा भिटामिन ए र जुकाको औषधि खुवाइने कार्यक्रम अन्तर्गत आज बैशाख ७ गते कमल गाउँ पालिकाको सबै वडामा अभियान सञ्चालन गरिएको कमल गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख मिल थापाले जानकारी दिनुभयो ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि २ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ । २ बर्ष माथिका बालबालिकाहरुलाइ बैशाख १६ गते देखि सन्चालन हुने हात्तिपाइले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रममा जुकाको औषधि सेवन गराईने कार्यक्रम भएकाले हाल २ बर्ष मुनिका बालबालिकालाई मात्र भिटामिन ए का साथ जुकाकोथापाले बताउनु भयो ।