कमल । झापाको कमल गाउँपालिकामा सञ्चालनमा रहेको झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ ।
गाउँपालिकाको वडा नम्बर ६ मा विगत ४ वर्ष देखी सञ्चालनमा रहेको उद्योग गत बैशाख ३ गते देखी आफ्नै भवनमा सरेको हो ।
स्थानीय स्तरमा उत्पादन भएको आलुलाई प्रशोधन गरि चिप्स उत्पादन गर्दै आएको चिप्स उद्योगले विशेष गरेर आफ्ना पालिकामा उत्पादन भएको आलुलाई पहिलो प्राथमिकतामा राखेर चिप्स उत्पादनमा प्रयोग गर्दै आएको झापाली चिप्स उद्योगका सञ्चालक रिजु कार्कीले जानकारी दिनुभयो ।
आफ्ना दौँतरीहरू वैदेशिक रोजगारीमा गएपनि आफूले देशमा नै केही गर्न सकिन्छ भनेर उद्योग सञ्चालन गरेको कार्की बताउनुहुन्छ । वहाँले आफूले सञ्चलन गरेको चिप्स उद्योगमा १० जना महिलालाई रोजगारी समेत दिनु भएको छ ।
वैदेशिक रोजगारीमा भएको भए आज कसैको निर्देशनमा काम गरिरहेको हुन्थे तर आज आफ्नै फ्याक्ट्रीमा १० जनालाई रोजगारी दिन सफल भएको छु भने आफू प परिवारका साथ रमाएको वहाँ बताउनुहुन्छ ।
आफूले सञ्चालन गरेको उद्योग बाट उत्पादन भएको चिप्स पूर्वमा काँकडभिट्टा र पश्चिममा इटहरी सम्मको बजार ओगट्न सफल भएको र आगामी दिनमा अझ बजार बिस्तार गर्ने योजना समेत रहेको कार्कीले बताउनु भयो ।