logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार उपचारमा करोडको कोष


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख ३ २०८१

विर्तामोड ।  नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार(सहारा उपचार कोष) नामाकरण सहित आठ वर्ष अघि कोष निर्माणको अभियान थालिएको थियो । सोमवार विर्तामोडमा एक समारोहबीच गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कोषमा एक करोड पुगेको घोषणा गर्नुभयो । सोही अवसरमा कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

पत्रकार महासंघ झापाका तत्कालिन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो । तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाख सहित जम्मा ९ लाखवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याइएको पत्रकार महासंघ झापका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान गर्नुभएको थियो ।

गिरी अध्यक्ष भएपछि कोषका लागि आक्रामक ढंगवाट अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम जुटाइएको हो । गिरीका अनुसार कोषमा पत्रकारहरुले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताहरुवाट जुटेको हो । ‘समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै उपलव्ध गरिन्छ’, अध्यक्ष गिरीले भन्नुभयो ।

झापामा पत्रकारको संख्या दुईसय बढी छ । कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ भने कोष वृद्धिका लागि समिति गठन गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend