logo
शुक्रबार, साउन २९ २०८३

एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम


  • राम निरौला
  • बिहिबार, बैशाख १५ २०७९

कनकाई, १४ वैशाख ÷ स्थानीय तह निर्वाचनकालागि नेकपा एमाले कनकाईले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।

देश र जनताप्रति समर्पित भएर सहिदको कसम खादै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनकालागि घरदैलो कार्यक्रम संचालन गरिएको नगर ईन्चार्ज एवम् प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए ।

सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको सालिकमा माल्यार्पण गरी चुनाव प्रचारप्रसारलाई औपचारिक्ता दिएको हो । कनकाई नगरको नौ वटै वडाका ४७ जना एमाले तर्फका उम्मेद्वारहरुलाई पार्टीको नगर कमिटीका तर्फबाट प्रचार सामाग्री वितरण गरिएको बताइएको छ ।

नगर प्रमुख र उपप्रमुखका उम्मेद्वार राजेन्द्र पोखरेल र मन्जु प्रसाईसहित नौ वटै वडाका वडाअध्यक्ष र सदस्यका उम्मेद्वारहरुको उपस्थितीमा सहिद पाण्डेको शालिक परिसरबाट एकैसाथ घर दैलो कार्यक्रमको शुभारम्भ गरेको हो । प्रमुख र उपप्रमुख पदका उम्मेद्वार सहितको घरदैलो कार्यक्रम अन्तर्गत आज वडा नं.१ वाट सुरुवात गरिएको एमाले कनकाईका अध्यक्ष खड्गप्रसाद प्रसाईँले बताए ।

एमाले कनकाईको चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको औपचारीक कार्यक्रम समितिका संयोजक रविन्द्र लाम्सालको अध्यक्षतामा सम्पन्न भएको हो । प्रचार प्रसार समितिका सदस्य ओम पाठकले संचालन गरेको कार्यक्रममा निर्वाचन निर्देशक समितिका संयोजक हिराकुमार थापा, नगर प्रमुख पदका उम्मेद्वार राजेन्द्र पोखरेल, सम्पूर्ण वडाहरुको प्रतिनिधित्व गर्दै वडा नं.६ का वडाअध्यक्षका उम्मेद्वार दीर्घवहादुर थापा लगायतले मन्तव्य राखेका थिए

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend