logo
शुक्रबार, साउन २९ २०८३

सृजनशील युवा क्लबको आयोजनामा खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख २ २०८१

कमल । झापाको कमल गाउँपालिका ७ गेउरिया स्थित श्री सृजनशील युवा क्लबको आयोजनामा खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

“युवाको चाहना आध्यात्मिकता नेतृत्व पहल र समुदाय विकासको कामना” भन्ने नाराका साथ खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

नृत्यकला संघ इलामका अध्यक्ष रोमित कर्माचार्य र मोरङ्गका अध्यक्ष सुनिल थापाको निर्णय मण्डलले गरेको निर्णय अनुसार प्रतियोगितामा सहभागी १५ जना प्रतिस्पर्धी मध्ये प्रथम राजेश बस्नेत हुनुभएको छ । उहाँले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रतियोगिता द्वितीय रञ्जिता लिम्बू हुनुभएको छ , वहाँले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतियोगितामा तृतीय स्थान कृष्ण धिमाल र सुष्मा धमला हुनुभएको छ । वहाँहरूले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । भने सान्त्वना विशेष चौधरी र शुभम् सिंह हुनुभएको वहाँहरूले नगद एक हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको क्लबका सचिव विक्रम निरौलाले जानकारी दिनुभयो ।
क्लबले छोटो समयमा नै समाजमा राम्रो काम गरिरहेको छ । समाजलाई बिढङ्ग बाट अगाडि बढाउन युवाको महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले आगामी दिनमा समेत अझ राम्रो काम गर्न कमल गाउँपालिका ७ नम्बर वडा अध्यक्ष पृथ्विपति राईले शुभकामना दिनुभयो ।

क्लबले कला संस्कृतिको जगेर्ना गर्दै स्थानीय कलाकारको क्षमता प्रस्फुटन गराउन गरिएको यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्नेछ । क्लबले गरेको राम्रो काम प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाको तर्फ बाट आवश्यक सहयोग गर्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

क्लबका अध्यक्ष निसान लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी संस्थापक अध्यक्ष हरिमाया मैनाली, समाज सेवी भीम केरुङ् नृत्यकला संघ मोरङ्गका अध्यक्ष सुनिल थापा लगायतले क्लबले समाज रूपान्तरणमा पुरÞ्याएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यकालागी शुभकामना दिनुभयो ।

कार्यक्रम क्लबका सचिव विक्रम निरौला र दिक्षा बराकोटीले संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend