कमल । झापाको शिवशताक्षी नगरपालिकामा घर नक्सा कृर्ते को छानविन समितिको प्रतिवेदनलाई लिएर केहि दिन देखी विभिन्न समाचारहरू प्रकाशन भएका छन् ।
समाचारमा सिंगो नगरपालिका र कर्मचारीका विषयमा समेत विभिन्न टिका टिप्पणी समेत भएका छन् ।
घर नक्सा कृर्ते को छानविनलाई दिएर नगरपालिकाले छानविन समिति समेत गठन गरेको छ । तर समितिले पेश गरेको प्रतिवेदन पूर्ण नभएको समेत बताईएको छ ।
कुनै पनि विषयमा गहिरोगरी अध्ययन र छानविन गर्न सो विषय सँग सम्बन्धित विज्ञ हुन आवश्यक छ । तब मात्र छानविन सही तरिकाले हुनसक्छ तर यस विषयमा समितिले गनहन अध्यायन नगरी सतहीरुपमा प्रतिवेदन तयार पारिएको जस्तो देखीन्छ जसलाई निम्न कुराहरुले पुष्टि गर्दछ ।
१) शिवसताक्षी नगरपालिका को घर नक्सा कृर्ते को छानविन प्रतिवेदन को सारांश हेर्दा घर नक्सा शाखा को सबै कर्मचारी नै दोषी भएको पुष्टि गर्ने पूर्वाग्रही राखी तयार पारिएको देखिन्छ ।
२) छानबिन समितिमा घर नक्सा पास सम्बन्धी कुनै पनि विषय विज्ञको परामर्श नलिकन तयार पारे जस्तो देखिन्छ कुन पदको कर्मचारीको के जिम्बेवारी हुने, कति जिम्बेवारी हुने भन्ने सम्मको ज्ञान नभएको देखिन्छ ।
३ ) यो प्रतिवेदन ले अब देखि स्तानिय सेवा मा कार्यरत कर्मचारीलाई सेवाग्राहीले कुनै काम विशेषले परामर्श लिन खोज्दा समेत निवेदन लेख्न लगाई हाकिम को तोक गरी दर्ता गरेर मात्र परामर्श वा बोल्न पाइने देखिन्छ ।
४) पालिका भरीको घर नक्सा पेस हुँदा कुन ठाउँको हो भनी प्राविधिक चेक जाच जाँदा संबंधित ठाउँ सम्म जान घर नक्सा सम्बन्धी कार्य गर्ने भनी कानुनी रूपमा सूचीकृत भएका परामर्श सेवा दिने फर्म को प्रतिनिधि सँग नै जानु पर्ने वाध्यता हुन्छ तत्काल कुनै त्रुटि छ भने सुधार गरेर पुनः नक्सा पेस गर्न निर्देशन दिनु पर्ने हुन्छ यस्तो कुरा नबुझिकन कर्मचारी लाई फर्म सँग मिलेमतो गरी सँगै हिँडेको भनी प्रतिवेदन मा लेखिनु को कुनै शोभनीय हुँदैन।
५) कैले काई प्लटिङ बाहेकका घडेरी हरुमा घर बनाउनु परेमा कानुनी रुपमा सूचीकृत भएका फर्म हरु ले नक्सा बनाउन र Structural analysis garan समय र परिश्रम खर्च हुने हुँदा नापी कार्यालय बाट जारी भएको नक्सा एकपल्ट सुरुमै भेरीफाइ गर्न कार्यालय को प्राविधिक सँग परामर्सा माग्नु पर्ने वाध्यता हुन्छ पछि समय र मिहेनत खर्च गरेर नक्सा तयार गरेर पेस गर्दा नाप जाँच अथवा Layout गर्दा फिल्ड र नक्सा नमिल्न गई नक्सा पास प्रक्रिया रोकिन सक्छ यस्तो अवस्था मा प्राविधिक ले परामर्श दिँदा मिलेमतो भएको भन्नु कति नियाय संगत होला ।
६) नक्सा पास को विभिन्न चरण हरु हुन्छ, कुन चरण कसले गर्ने र कुन चरणमा कसले प्रतिवेदन दिने भन्ने मापदण्ड अनुसार पालिका ले तयार पारेको दरखास्त बुक मा सबैले बुझिने तरिकाले राखिएको हुन्छ यसको मतलब कानुन बमोजिम सूचिकृत फर्महरू को प्राविधिकले समेत विभिन्न चरणमा प्रतिवेदन दिनुपर्ने हुनाले उक्त नक्सा पास किताब सबैसँग घुमिरहने हुन्छ झन् मुख्य कुरा त के छ भने अन्तिम प्रतिवेदन नक्सा बनाउने प्राविधिक बाट नआइकन नक्सा पास गर्न नमिल्ने हुन्छ यसको मतलब नक्सा पास को किताब सबै सँग घुम्छ यो सामान्य प्रक्रिया लाई ख्याल्नै नगरी एकहोरो नक्सा पास किताब फर्मलाई दिएको भन्नु कति को जायज छ।
७) अन्तिम प्रतिवेदन परामर्श सेवा दिने प्राविधिक बाट नै आएपछि मात्र कार्यालय को प्राविधिक ले नाप जाँच गरी प्रमाण पत्र जारी गर्नुपर्ने हुन्छ । यो चरणमा परामर्श दिने फर्म ले प्रतिवेदन दिन भनी फाइल कार्यालय बाट लागि राजस्व जनता बाट लिएर किर्ते प्रमाण पत्र जारी गरेको देखिँदा देखिदै शाखाका सम्पूर्ण कर्मचारी लाई नै दोष देखाउने गरी आएको प्रतिबेदन ले कर्मचारी को काम गर्ने मनोबल झर्ने र मान सम्मानमा आँच आउने गरी आएको यो प्रतिवेदन दुर्भाग्य पूर्ण छ ।
८) अन्त्यमा प्रतिवेदन को सारांश मा फलानो फलानो ले यति वोटा फाइल राखेको भन्या छ, कुनै कारण बिना फाइल रोकिँदैन त्यसका विभिन्न कारण हुन सक्छ , के कारणले उक्त फाइल सम्बन्धित कर्मचारीमा रहेको अध्ययन नगरी वा खोज्न चासो नराखी कर्मचारी ले बदनियत तरिकाले मात्र राखेको हो भन्ने पुष्टि गर्न खोज्या देखिन्छ ।
९) दर्ता चलानी कुनै कर्मचारी कार्यकक्षमा देखियो भनिएको छ घर कै कोठामा राखेको जस्तो गरी आरोप लगाइएको छ उक्त दर्ता चलानी कुन कुन आर्थिक वर्ष को हो ? कसको मातहत मा हुनु पर्ने हो ? उक्त दर्ता चलानी को बुक को अविलेक कसको जिम्बा मा हुनु पर्ने हो ? उक्त जिम्बेवारी कर्मचारी ले किन ऐले सम्म नखोजेको होला ?आफ्नो जिम्मा को फाइल को ताला चाबी आफैसँग हुनु पर्ने होइन र ? अभिलेख राख्ने अधिकार प्राप्त कर्मचारीले लापरवाही गरेको भनेर किन नभनेको होला ? अधिकार प्राप्त कर्मचारी र यो प्रतिवेदन तयार गर्ने कर्मचारी घनिष्ट पो भएर पो हो कि ?
छानविन समितिको प्रतिवेदनमा यस किसिमको प्रश्न उठ्नु गम्भिर कुरा हो । समितिले प्रतिवेदन तयार पार्दा यथार्थमा गएर पार्नुपर्ने हुन्छ न की कुनै कर्मचारी माथी द्वेषपूर्ण भावना राखेर ? यस्ता विषयले सिंगो नगरपालिकाको सेवा प्रवाहमा माथि नै प्रश्न चिन्न उठ्न सक्छ त्यसैले यो विषय सँग सम्बन्धी सबैले एक ठाउँमा उभिएर एकअर्का प्रति कुनै पनि द्वेष नराखी समस्या समाधान गर्नु लाग्नु पर्छ र आम नगरवासीलाई नगरको सेवा प्रवाह चुस्ता दुरुस्त र पारदर्शी भए मात्र नगर प्रति आम नगरवासीको विश्वस बद्ने छ ।