logo
शुक्रबार, साउन २९ २०८३

सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल, महासचिवमा भण्डारी


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र २९ २०८०

बिराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम( चयन हुनुभएको छ ।
बिराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुर निवासी खान अध्यक्षमा चयन हुनुभएको हो । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गा निवासी लीलावहादुर सुनुवार र झापा निवासी इश्वरा तिवारी चयन हुनुभएको छ । सुनुवार नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य र तिवारी अधिकारकर्मी हुनुहुन्छ ।

                                                                                                          अध्यक्षमा नजवुल

त्स्तै महासचिवमा झापाका सुरेन्द्र भण्डारी चयन हुनुभएको छ । वहाँनेपाल पत्रकार महासंघ कोशीका कार्य समिति सदस्य तथा इकोनोमिक मिडिया एशोसिएसन कोशीका महासचिव समेत हुनुहुन्छ ।

त्यस्तै सचिवमा मोरङ निवासी पत्रकार सोनु कुमार दास र विनोद भण्डारी , कोषाध्यक्षमा सुनसरी निवासी यमुना गुरागाई (योषा) र
सदस्यहरमा जमुना विष्ट ताप्लेजुङ,कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जीता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्रचार्य संखुवासभा बाट चयन हुनुभएको छ । २१ सदस्यीय कार्यसमिति रहेन व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ ।

बिराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रुपमा विकास गरेर लाने बताउनु भयो । वहाँले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको ब्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताउनु भएको छ ।

कार्यक्रममा सहभागी कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सूचनाको हक नागरिकको नैर्सगीक अधिकार भएकाले आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन प्रदेश सरकार लागि पर्ने बताउनुभयो । वहाँले प्रदेश स्तरीय सूचनाको हकका विषयमा कानून बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद वागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले नेपालमा सूचनाको हकको अवस्थाका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशा महान्याधिवक्ता रुपेश कोइराला, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवहाक अध्यक्ष लवदेव ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

महासंघका वरिष्ट उपाध्यक्ष तारा वहादुर भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव अजयकुमार शाहले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend