logo
शुक्रबार, साउन २९ २०८३

कमल २ बन्यो पालिकाको तेश्रोे बालमैत्री वडा ः अध्यक्ष काफ्ले द्वारा बालमैत्री वडा घोषणा


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख १५ २०७९

कमल , बैशाख १४ । झापाको कमल गाउँपालिकाको २ नम्वर वडालाई तेश्रो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर २ ले सबै सुचक पुरा गरेपछि बुधावार एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडालाई पालिकाको तेश्रो बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने क्रममा २ नम्वर वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडामा अबदेखी कुनै पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बन्चित हुने छैनन् र सबै बालबालिकाले शतप्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर पाउनुनेमा आफु विश्वस्त रहेको अध्यक्ष काफ्लेले बताउनुभयो ।
गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नका लागी २ नम्वर वडाले गरेको अभियानको प्रसंशा गर्दै आगामी दिनमा गाउँपालिका द्वारा सन्चालन गरिने अरु कार्यक्रममा समेत वडा भुमिका महत्वपुर्ण हुने प्रमुख प्रशासकिय अधिकृत कानिमान राईले बताउनु भयो ।
बालमैत्री वडा घोषण अभियानमा सहयोग पुर्याउने सहजकर्ता सुमन ढकाल , टोल विकास सस्था,बाल क्लव तथा विध्यालयलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष ताराप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सहभागीलाई महिला सदस्य देवका देबी थापा न्यौपानेले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने वडा सचिव देबी प्रसाद फुएलले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend