logo
शुक्रबार, साउन २९ २०८३

महाकुम्भ मेलामा पातन्जल योग समिति नेपालले दैनिक निःशुल्क योग शिविर सञ्चालन गर्ने


  • उमानाथ भण्डारी
  • आइतबार, चैत्र २५ २०८०

कमल । नेपालको प्राचिन हरीद्वार चताराधाममा हुने बाह्वर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेलामा पातन्जल योग समिति नेपालले दैनिक एक महिना निःशुल्क योग शिविर सञ्चालन गर्ने भएको छ ।

बाह्वर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मुल आयोजक समारोह समितिको निमन्त्रणामा योग शिविर सञ्चालन पातन्जल योग समितिले निःशुल्क योग शिविर सन्चालन गर्न लागेको पातन्जल योग समिति नेपालका महासचिव होम प्रसाद गौतमले जानकारी दिनुभयो ।

पुर्वको प्रशिद्ध धार्मिक स्थाल चताराधाममा यही मिति २०८० साल चैत २७ गते देखी २०८१ साल बैशाख २८ गते सम्म बाह्वर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेला लाग्ने भएको छ ।

पातन्जल योग समिति नेपाल केन्द्रिय कमिटीकाका महासचिव तथा मुल आयोजक समिति संयोजक होम प्रसाद गौतमको अध्यक्षतामा चैत २४ गते शनिवार ईटहरीमा सम्पन्न बैठकले गौतमको अध्यक्षतामा १ हजार १ सय ११ सदस्य मुल आयोजक समिति गठन गरेको छ ।

 

त्यसैगरी योग शिविरलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नकालागी विभिन्न उपसमिति समेत गठन गरेको छ । जस अन्तर्गत आर्थिक उपसमितिको संयोजकमा केशव कुमार ताम्राकार तथा सदस्यमा उर्मिला ढकाल पोख्रेल, गोपाल रिमाल, रेणुका ओझा र लिला वन भारती रहनु भएको छ ।

त्यस्तै जी पि तिवारीको संयोजकत्वमा धाम व्यवस्थापन समिति गठन गरिएको छ भने समितिको सह संयोजकमा हेमचन्द्र राई तथा सदस्यमा ,श्याम पौडेल, श्याम लुहागुन,गोपाल रिमाल, राजेन्द्र श्रेष्ठ, भिम कट्टेल, प्रकाश बस्नेत , गजेन्द्र दंगाल विष्णु कार्की महेश लामिछाने मीना भट्टराई खनाल, रहनु भएको छ ।

 

प्रचारप्रसार उपसमितिको संयोजक होम प्रसाद गौतम,सहसंयोजक हरिवावु दाहाल सदस्य हेमन्ती देबी गजुरेल, देवराज गिरी, रुद्र कार्की, लोकनाथ गजुरेल, गंगा यादव, डा. ओमहरी भट्टराई, यादव गजुरेल, सुवर्ण हमाल, कपिल शाही, टेकेन्द्र ढकाल ईश्वरी महत तथा यातायात व्यवस्थापन समिति संयोजक सोम खनाल, सह संयोज चुडामणी काफ्ले र भरत चुड्रु सदस्य रहेको समिति गठन भएको पातन्जलले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend