logo
शुक्रबार, साउन २९ २०८३

कारितास नेपाल द्वारा विध्यालय सुरक्षा सामाग्री हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बुधबार, बैशाख १४ २०७९

कमल , बैशाख १४  कारितास नेपाल द्वारा विध्यालय सुरक्षा सामाय्री हस्तान्तरण गरेको छ । झापाको कमल गाउँपालिका स्थित विपद्को जोखीममा परेका विध्यालयलाई विध्यालय सुरक्ष सामाय्री हस्तान्तरण गरिएको छ ।
कारितास नेपालको विध्यालयमा आधारीत विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत गाउँपालिका भित्र जोखिममा परेका ७ वटा सामुदायकि विध्यालयलाई विध्यालय सुरक्ष सामाग्री हस्तान्तरण गरिएको र यस्ता सामाग्रीले विपद्का समयमा विध्यालयलाई सहयोग पुग्ने कारितास नेपाल दमक शाखाका प्रमुख देबेन्द्र पोख्रेलले बताउनु भयो ।
गाउँपालिका भित्र जोखिममा रहेका विध्यालय अन्तरगत वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विध्यालय , कालिका माध्यमिक विध्यालय र नवदुर्गे आधारभुत विध्यालय , वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय र ज्योति माध्यमिक विध्यालय,वडा नम्वर ७ स्थित सरस्वती माध्यमिक विध्यालय र अरनिको आधारभुत विध्यालय लाई सुरक्षा सामाग्री प्रदान गरिएको हो ।
सुरक्ष सामाग्री अन्तरगत प्रत्येक विध्यालयलाई अग्नि निरोधक २ थान, बाल्टि २ थान, बन्चरो २ थान, स्ट्रेचर २ थान, हेण्ड माईक २ थान, डोरी ४ केजी,बेल्चा २ थान, सिटी २ थान, छुरी २ थान गौंती २ थान,आरा २ थान, विपद् ज्ञानमाला १ सेट, व्याङ्गकेट २ नाथ त्रिपाल २ जना र डष्टविन १ थान हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको समाग्री ३ लाख ७५ हजार मुल्य बराबरको रहेको कारितस नेपालले जनाएको छ ।
कारितास नेपालको कार्यक्रमामा जोडिन पाएकोमा आफुलाई भाग्यमानि ठानेको छु । कारितास नेपालले बिध्यालयमा धेरै परिवर्तन ल्याएको छ । आज विध्यार्थिले आफुलाई लागेको कुरा ढुक्क संग राख्न सक्ने भएका छन् । यस्ता विसमाग्रीले विध्यालयलाई विपद्का समयमा ठुलो सहयोग पुग्ने नरेन्द्र जनता माध्यमिक विध्यालयका प्रधानाध्यापक बद्री कार्किले बताउनु भयो ।
हामि निर्वाचित भएर आउनु वित्तिकै कमल र रतुवा खोलामा आएको बढीले धेरै वितण्डा मच्चाएको थियो । त्यो बेला देखी नै कारितास नेपाल संग जोडिएर काम गर्ने अवसर प्राप्त भयो । कारितास नेपालले कार्यक्रम गर्दा गाउँपालिका सग समन्वय गरेर गर्ने गरेको छ । शिक्षा, स्वस्थ्य, युवा र कृषिका क्षेत्रमा धेरैका भएका छन् । हरेका कार्यक्रम लक्षित बर्ग सम्म पुग्ने भएकोले पनि कारितसा नेपालले गरेका हरेक कार्यक्रम प्रभावकारी भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
यस अघि पनि कारितास नेपालले कमल गाउँपालिकामा थुप्रै कार्यक्रम गरेको छ । जस अन्तरगत शैक्षिक सुधारका , कोभिड १९ समयमा गरेको राहात वितरण, बाढीका समयमा र उद्दार राहात वितर ,युवालाई नमुना सांसद अभ्यास लगायतका कार्यक्रमले गर्दा पनि जाहँ विपद् त्याहाँ कारितास नेपाल भएको छ ।
कारितास नेपालका कार्यकारी निर्देशक फादर ललित टुडुको अध्यक्षामा भएको कार्यक्रममा कारितास नेपालका सिनियर सामाजिक परिचालक गोन्दिराज कट्टेलले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend