कमल । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा कमल गाउँपालिका ५ स्थित पाडाजुँङ्गीमा संचालन भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्राविधिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरणमा भइरहेको तालिम सम्पन्न भएको थियो ।
तालिममा मल्टिमिडियामा आधारित पत्रकारिताका साथै एआई (आर्टीफिसियल इन्टिलिजेन्स) सम्बन्धी सहभागी पत्रकारलाई जानकारी गराईएको थियो ।
पछिल्लो समय पत्रकारितामा आएका प्रविधि र एप्लिकेशनले पत्रकारिता र पत्रकारको तथ्याङक चोरी हुने जोखिमसँगै कार्यशैली समेत परिवर्तन हुँदा चुनौती थपिँदै गएको प्रमुख प्रशिक्षक भण्डारीले बताउनुभएको थियोे ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा तालिम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष गिरीले अवको पत्रकारिता प्रविधिमैत्री हुन नसके पत्रकारलाई चुनौती थपिँदै जाने बताउनुभयो ।तालिममा सहभागी पत्रकारले तालिम अत्यन्तै प्रभावकारी भएको बताउनु भयो ।
५० जना भन्दा बढी पत्रकारको सहभागिता रहेको तालिम समापन कार्यक्रमको संचालन महाँसंघ झापाका सचिव डिकेश लामाले गर्नुभएको थियो ।