logo
शुक्रबार, साउन २९ २०८३

दलहरु द्वारा निर्वाचन आचार संहिता पुर्णरुपमा पालना गर्ने प्रतिवद्धता


  • उमानाथ भण्डारी
  • बुधबार, बैशाख १४ २०७९

कमल ,बैशाख १३, आगामी बैशाख ३० गते हुने स्थानिय तह को निर्वाचनमालाई प्रभावकारी बनाउनकालागी निर्वाचन आचार संिंहतालाई पुर्णरुपमा पालनागर्ने दलहरुले प्रतिवद्धता जनाएका छन् ।
झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, पाटीका जिल्ला तहका नेता ,सुरक्षा निकायका प्रमुख,पन्ध्र वटै पालिकाका निर्वाचन अधिकृत ,उद्योगी व्यासायी, यातायात व्यवसायी,लगाएत को बैठकले निर्वाचन आचार संहिता २०७८ लाई पुर्ण रुपमा पालन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
कुनै पनि दल वा दलको उमेद्वारले आफ्नो कार्यलय स्थान वाहेक अन्य स्थानमा झण्डा राख्न नपाउने, आचारसंहितले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गर्न नहुने, निर्वाचन आचारसंसिहता प्रतिकुल हुने कुनै पनि गतिविधी गर्न नपाईने,स्थानिय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थानमा कुनै किसिमको जुलुस, आमसभा, बैठक एवम् भेला गर्न नहुने, जुलुस वा आमासभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्याक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपटा टोपी ,झोला बोक्न नपाईने लगाएतका निर्णय भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो ।
निर्वाचन प्रचारप्रसारमा ,आमसभामा तथा जुलुसमा अठार वर्ष उमेर पुरा नचएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने, दलको झण्डाको वा दल वा उम्मेद्वारको चुनाव चिन्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गारउने नहुने , कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न वा गराउन नहुने लगायतका आचार संसिहता पुर्ण रुपमा पालन गर्नपर्नुपर्ने निर्वाचन आचार सहिता २०७८ मा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend