logo
शुक्रबार, साउन २९ २०८३

नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौँ । आज नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस । महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ ।

यसै अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

‘नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend