logo
शुक्रबार, साउन २९ २०८३

आज बाट एसईई परीक्षा सुरु

झापा बाट १५,८२२ जना विध्यार्थी परिक्षामा सहभागी


  • उमानाथ भण्डारी
  • बिहिबार, चैत्र १५ २०८०

कमल । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु भएको छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई÷दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एकरएक जना रहेको समेत परिक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एकएक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र रहेका छन् ।

झापा बाट १५८२२ जना विध्यार्थी परिक्षामा सहभागी

त्यसैगरी यस वर्षको एसईई परीक्षामा झापामा ५७ बाट परीक्षा केन्द्र बाट १५ हजार ८२२ जना विध्यार्थी परिक्षामा सहभागी भएका छन् ।

परीक्षामा सामेल विद्यालयमा सामुदायिक १६८ र संस्थागत विद्यालय तर्फ ११९ गरी जम्मा ३८७ वटा विद्यालयका विद्यार्थी परीक्षमा सहभागी भएका छन् ।

झापा बाट एसइइ परिक्षामा सहभागी विद्यालय , विद्यार्थीको संख्या  र परीक्षा केन्द्र


परीक्षा सहभागी विध्यार्थीहरुमा छात्रा ७ हजार ७२५ छात्र ७ हजार २३२ तथा प्राविधिक धार तर्फ छात्रा २३७ र छात्र ३१३ गरी र ग्रेड बृधी तर्फ छात्रा १८३ र छात्रा १३२ गरी १५ हजार ८२२ जना जम्मा विध्यार्थी परीक्षमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका शाखा अधिकृत भोला दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend