झापा । आयुमी तामाङको प्रस्तुती रहेको म्युजिक भिडियो “ओई सोल्टिनी” नामक तामाङ्ग सेलो सार्वजनिक भएको छ ।
गत फागुन २७ गते युट्युब मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
डाक्टर आश बहादुर तामाङको शब्द संगीत रहेको म्युजिक भिडियोमा स्वर लोक प्रिय गायक विश्व दोङ्ग र स्वयम् अयुमी तामाङको रहेको छ भने डाईरेक्सन र कोरियाग्राफी अनिष क्षेत्रीले गर्नु भएको छ ।
म्युजिक भिडियोमा आयुमी तामाङ, सिद्धार्थ सिलवाल र अनिष क्षेत्रीले मोडलिङ गर्नुभएको छ ।
पुरा भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला
बुबा डाक्टर आश बहादुर तामाङकी छोरी आयुमीले यस अघि आफ्नै रचनामा ,संगित, स्वर र निर्देशनमा आधुनिक ,पप गीतको म्युजिक भिडियो “जाने भए” ल्याई सक्नु भएको छ ।
आयुमी तामाङ ७२ वर्षको उमेरमा नेपालमा पहिलो पटक ढिलो भाका ,ठाडो भाका दाई गित जस्ता ठेट गीत रेकर्डिङ गर्ने लोक गायिका धनमाया तामाङकी नातिनी हुनुहुन्छ । अष्ट्रेलियामा अध्ययनरत आयुमीले तामाङ सेलो म्युजिक भिडियो आफै रिलिज गर्नुका साथै नयाँ गीत रेकर्ड समेत गरी पुन उच्च शिक्षा अध्यायनका लागी अष्ट्रेलिया फर्कनु भएको छ ।
आयुमीका बुबा डाक्टर आश बहादुर तामाङले ४ दर्जन भन्दा बढी आधुनिक गीत,राष्ट्रिय गीत ,लोक गीत र भजन श्रोतामाझ ल्याई सक्नु भएको छ