
नेकपा एमालेका तर्फ बाट गाउँपालिका अध्यक्षमा भिमप्रसाद राई सहित अन्य पदाधीकारी उमेद्वारी दर्ता गर्न निर्वचन कार्यलय जाँदै
कमल बैसाख १३ आगामी बैशाख ३० गते हुने स्थानिय तह को निर्वाचनमा नेकपा एमालेका तर्फ बाट कमल गाउँपालिकाको अध्यक्षमा भिम प्रसाद राई र उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारीले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।
त्यसैगरी वडा नम्वर १ बाट क्रमस श्याम बहादुर कार्की , धनबहादुर बस्नेत, अग्निप्रसाद कोइराला ,चन्द्रप्रसाद भट्टराई, खगेन्द्र तिवारी , नरेन्द्र भट्टराई, पृथ्वीपती राई, नर्विाचन कार्यलयमा पुगेर आफ्नो मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

गठबन्धनको तर्फ बाट गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई सहित उमेद्वारी दर्ता गर्न निर्वानच कार्यलय जार्दै
त्यसैगरी गठबन्धनको तर्फ बाट गाउँपालिकको अध्यक्षमा हुकुम सिंह राई ,उपाध्यक्षमा पर्शु सुवेदी, वडा अध्यक्षमा वडा नम्वर १ बाट क्रमश केदार कटुवाल, अशोक सुब्बा, गौरीमान फागो, सुर्यप्रसाद एकपाङ्गदेन, लाल बहादुर विष्ट, प्रेम कुमार राई, राम कुमार गुरुङ्गले बाजागाजा सहित निर्वाचन कार्यलय पुगेर मनोनयनपत्र दर्ता गराउनु भएको निर्वाचन अधिकृत प्रकाश गोतमले जानकारी दिनुयो ।

राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फ बाट गाउँपालिकाको अध्यक्षमा विक्रम अधिकारी सहीत अन्य पदाधीकारी उमेद्वारी दर्ता गर्दै
त्यसैरी राप्रपाको तर्फ बाट अध्यक्षमा बिक्रम पाण्डे, उपाध्यक्ष तारा अधिकारी बस्नेत वडा अध्यक्षमा वडा नम्वर १ क्रमस फणिन्द्र भण्डारी, सन्तोस दाहाल, छबि ढकाल, प्रेम बहादुर लिम्बु, खङ्ग श्रेष्ठ, सत्य नारायण राजवंशी र गंगा प्रसाद पाण्डेले मनोनयनपत्र दर्ता गराउनु भएको अधिकृत गौतमले बताउनुभयो ।