आगामी बैशाख ३० गते हुने स्थानिय तह को निर्वाचनमा नेकपा एमाले कमल गाउँकमिटीले गाउँपालिका का सबै पदमा उम्मेद्वार को टुङ्गो लगाएको छ ।
गाउँपालिकाको अध्यक्षमा भिम प्रसाद राई र उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी १ नम्वर वडा अध्यक्षमा श्याम बहादुर कार्की ,वडा सदस्य टिका बहादुर सुब्बा योगराज चौहान महिला सदस्य शारदा देवी निरौला पौडेल र दलित महिला सदस्यमा भिमा बिश्वकर्माको नाम सिफारिस भएको नेकपा एमाले कमल गाउँकमिटीले जनाएको छ ।
२ नम्वर वडा अध्यक्ष धनबहादुर बस्नेत वडा सदस्य दुर्गा अधिकारी र दानबहादुर कार्की महिला वडा सदस्यमा चन्द्रकला भट्टराई ढकाल र दलित महिला सदस्यमा फूलमाया दर्जी को नाम सिफारिस भएको छ ।
३ नम्वर वडा अध्यक्षमा अग्निप्रसाद कोइराला वडा सदस्यमा एङ्गल गुरुङ्ग र सन्तकुमार मगर महिला वडा सदस्यमा भगवती राई र दलित महिला सदस्यमा केशरा नेपाली बर्देवाको नाम सिफासिर भएको छ ।
४ नम्वर वडा अध्यक्षमा चन्द्रप्रसार्द भट्टराई वडा सदस्य नवीन राई र चतुर्भुज सुवेदी महिला वडा सदस्य जमुना खतिवडा दलित महिला सदस्यमा गोमा देवी बिश्वकर्माको नाम सिफारिस भएको छ ।
५ वडा अध्यक्षमा खगेन्द्र तिवारी वडा सदस्यमा चुरुङ्गहाङ्ग लावती र ओमकुमार प्रधान महिला वडा सदस्यमा चन्द्रकला सुब्बा आङ्देम्बे दलित महिला सदस्यमा भूमिका महराको नाम सिफारिस भएको छ
६ नम्वर अध्यक्षमा नरेन्द्र भट्टराई वडा सदस्यमा टंकबहादुर खड्का र बेनुप्रसाद शिवाकोटी महिला वडा सदस्यमा गंगादेवी राई दलित महिला सदस्यमा रोजिना बिश्वकर्माको नाम सिफारिस भएको छ ।
७ नम्वर वडा अध्यक्षमा पृथ्वीपती राई वडा सदस्यमा हरिभक्त चौंलागाई र टंकप्रसाद काफ्ले महिला वडा सदस्यमा मनमाया सिटौला र दलित महिला सदस्यमा हिमादेवी नेपालीको नाम सिफारिस गरिएको नेकपा एमाले गाउँकमिटी सचिव हरि ढकालले जानकारी दिनुभयो ।
सिफारिस भएका सबै उमेद्वारले आज ( सोमवार ) दिनको १ बजे नर्विाचन कार्यलयमा पुगेर आ आफ्नो मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको गाउँकमिटीले जनाएको छ