कमल ÷ पतञ्जलि योग कमल गाउँपालिका अन्तर्गत ज्योति साधना केन्द्रले विभिन्न कार्यक्रम गर्दै प्रथम वार्षिकोत्सव मनाएको छ ।
कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा चैत ४ गते देखी सुरु भएको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गर्दै आज समापन भएको हो ।

कार्यक्रमको पहिलो दिन हाजिरी जवाफ प्रतियोगिता दोश्रो दिन ध्यानविधी र तेस्रोदिन आज सुर्य नमस्कार, भुमिनमस्कार ड्रमवेल होमादी गर्दे कार्यक्रम समापन गरिएको ज्योति साधना केन्द्रका संयोजक मित्रलाल पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा पतञ्जलि योग समितिका कोशी प्रदेश महामन्त्री लक्ष्मि प्रसाद काफ्ले, दमक नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारी, जिल्ला सदस्य, कृष्ण प्रसाद ओझा, ममता गुरुङ्ग ,मनमाया कार्की , पतञ्जलि योग समिति कमलका अध्यक्ष त्रिलोचन गौतम ,महामन्त्रि मोहनलाल खनाल, युवा समिति सदस्य घनश्याम प्याकुरेल लगायत विभिन्न साधना केन्द्र बाट समेत उपस्थिति रहेको थियो ।