कमल ÷ कमल गाउँपालिका वडा नम्बर ६ ले विकास निर्माणलाई तिव्रता दिएको छ ।
वडाका हरेक टोल विकास संस्थालाई कालोपत्रे सडक सञ्जाल सँग जोड्ने उद्देश्यले वडाले कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा कार्यालयले जनाएको छ ।
यसै क्रममा चालु आर्थिक वर्षमा विनियोजित रमक बाट वडा कार्यालय देखी शंखडुब्बा सम्म करिब ४०० सय मिटर लम्बाइ रहेको सडक निर्माणको अन्तिम अवस्थामा पुगेको छ ।
सडक निर्माणका लागी ४५ लाख रुपैयाँ विनियोजन भएपनि २८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।