logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा श्रमिक, उद्योगी र व्यवसायी महिलालाई सम्मान


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन २६ २०८०

कमल ÷विश्वभर आज (शुक्रवार) ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 

यसै क्रममा झापाको कमल गाउँपालिकाले गाउँपालिका भित्र विभिन्न पेशा र व्यवसायमा संलग्न महिलालाई सम्मान गरी ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

 

“महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ महिला विकास शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिक, उद्योगी र व्यवसायी महिलाहरूलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यसरी सम्मानित हुने महिलाहरूमा असल बुहारी तर्फ प्रत्येक वडाबाट एकएक जना महिलालाई सम्मान गरिएको थियो । जस अन्तर्गत भीमा भण्डारी, निर्मला कार्की, प्रेमिका राई, उमादेवी भुजेल, लक्ष्मी श्रेष्ठ बिक र बबिता खरेल बाँस्कोटा लाई दोसल्ला , करुवा का साथै सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।

 

त्यसैगरी उद्योगी महिलातर्फ दिव्य दृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नकी सञ्चालिका बबिता तिम्सिना , उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल र झापाली चिप्सकी सञ्चालिका सविता ढकाललाई दोसल्ला , करुवाका साथै सम्मानपत्र द्वारा सम्मान गरिएको थियो महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्कीले जानकारी दिनुभयो ।

 

महिलाहरूलाई सम्मान पछि कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले गाउँपालिकामा महिलाका हक अधिकारकालागी नीति तथा कार्यक्रममा नै व्यवस्था गरेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । त्यसैगरी संविधानमा व्यवस्था भए बमोजिम महिलालाई अधिकार प्राप्त बनाउनका लागी विभिन्न सीप सम्बन्धी तालिम प्रदान गरिरहेको छौं भने आफ्नो अधिकार प्राप्तीकालागी महिलाहरु पनि एक जुट भएर अगाडी बड्नु पर्ने अध्यक्ष राईले बताउनु भयो ।

 

कार्यक्रममा व्यवसायी महिलालाई व्यवसाय सञ्चालन गर्न सहज होस भनेर प्रत्येक वडाबाट एक एक जना महिलालाई ठेला प्रदान गरिएको थियो ।

 

यसरी गाउँपालिका बाट ठेला पाउनेहरूमा निलकुमारी बिक , सुसन राई , सुनिता मडी ,दया राजवंशी, कमला सार्की, रञ्जना कुमारी चौधरी, आशा धिमाल, कमला धिमाल, निर्मला राई, निरमाया राजवंशी, माया राजवंशी सुकमति ताजपुरिया, देवीमाया माझी र मनिता लिम्बू लाई ठेला प्रदान गरिएको थियो ।

 

महिलाहरूलाई सम्मान पछि आफ्नो मन्तव्यका क्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा जानकारी गराउँदै गाउँपालिकाका हरेक महिलालाई आय आर्जन सँग जोड्दै अधिकार सम्पन्न बनाउन गाउँपालिका महिला लक्षित विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा उत्कृष्ट स्वास्थ्य स्वयंसेवीका तर्फ सीता निरौलालाई समेत पुरस्कृत गरिएको थियो ।
सम्मानित हुने महिलाका तर्फ बाट उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल तथा असल बुहारी तर्फ बाट उमादेवी ढुङ्गेलले पालिकाको तर्फ बाट आफू सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप जिम्बेवारी बन्न हौसला मिलेको बताउनु भयो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन रञ्जना बस्नेतले गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend