logo
शुक्रबार, साउन २९ २०८३

बालसेवा आधारभूत विद्यालयले विभिन्न व्याक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै स्वर्ण महोत्सव मनाएकोछ


  • उमानाथ भण्डारी
  • बिहिबार, फाल्गुन २४ २०८०

कमल÷झापाको शिवसतासी नगरपालिका ७ स्थित बालसेवा आधारभूत विद्यालयले आज विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै ५० औं स्वर्ण महोत्सव एवं अभिभावक दिवस मनाएको छ ।

 

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले स्थापनाकाका सस्थापक अध्यक्ष ,पूर्व संस्थापक सदस्य, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष पूर्व सञ्चालक समितिका सदस्य, अक्षयकोष दाता लाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयले खरिद गर्न लागेको स्कुल बस खरिद मा सहयोग गर्ने सहयोगदाता, पूर्व विद्यार्थी समाज, स्वर्ण महोत्सवको अवसरमा सञ्चालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले सञ्चालन गर्न लागेको स्कुल बस खरिदकालागी देश विदेश बाट सहयोग गर्नुहुने सहयोगदाता, तथा शिक्षक स्टाफ लाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयले यस किसिमको सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

२०३० सालमा स्थापना भएको विद्यालयलाई विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थासम्म ल्याइ पु¥याउन महत्वपुर्ण भुमिकामा रहनुहुने व्याक्तिलाई स्वर्ण महत्वसको अवसरमा सम्मान गर्न पाउदा आफुलाई खुशलागेको बताउदै यस विद्यालयलाई नगरपालिकाको स्मार्ट विद्यालयका रूपमा अगाडि बढाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनले पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधारहुदै गएपछि विद्यालय प्रति अभिभावको आकर्षण बढीरहेको छ । यसलाई ध्यानमा राखेर विद्यालयले स्कुल बस खरिद गर्न लागेको छ । विद्यालयले खरिद गर्न लागेको स्कुल बसकालागी विभिन्न सहयोग दाताले मनै देखी सहयोग गर्नु भएकोमा सहयोग दाता का साथै यस्तो महत्वपुर्ण कार्यक्रममा उपस्थित भईदिनु एकोमा प्रमुख अथिती,अतिथी अभिभावकलाई अध्यक्ष ल्वागुनले धन्यवाद दिनुभयो ।

 

विद्यालयको ५०औं स्वर्ण महोत्सवका अवसरमा प्रदेश सभा सदस्य राधाकृष्ण खनाल , शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, पुर्व प्रधनाध्याक , विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक सन्तोस खत्रीले सन्चालन गर्नु भएको थियो भने । स्काउटका विध्यार्थीले स्वगत नृत्य द्वारा अतिथीको स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend